May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

जीबी राईसहित ४ जना पक्राउ गर्ने तयारी

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १४:४१
जीबी राईसहित ४ जना पक्राउ गर्ने तयारी
  • ‘जीबी’ राई सहित चार जनालाई पक्राउ गर्न प्रहरीले इन्टरपोल गुहार्ने
  • लामो समयसम्म पनि पक्राउ गर्न नसके पछि पक्राउ गर्न इन्टरपोलको सहयोग माग्दै 
  • नेपाल छोडेर विदेश भागेको आशंका भएपछि अब इन्टरपोलमार्फत् ‘डिफ्युजन नोटिस’ जारी गर्ने 

काठमाडौं ।।

सम्पर्क विहीन ग्यालेक्सी टेलिभिजनका सञ्चालक एवं पोखरा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्र राई ‘जीबी’ सहित चार जनालाई पक्राउ गर्न प्रहरीले इन्टरपोल गुहार्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले इन्टरपोलमार्फत पक्राउ गर्न आवस्यक प्रक्रिया अघि बढाएको हो । कास्की प्रहरीले जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको लामो समयसम्म पनि पक्राउ गर्न नसके पछि पक्राउ गर्न इन्टरपोलको सहयोग माग्न लागेको हो ।

त्यसको लागि कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई पत्राचार गरिसकेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । अब इन्टरपोल शाखाले इन्टरपोलको हेडक्वाटरलाई पत्राचार गर्ने छ । उनीहरू नेपाल छोडेर विदेश भागेको आशंका भएपछि इन्टरपोलमार्फत् ‘डिफ्युजन नोटिस’ जारी गर्न लागिएको हो ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पहिलो चरणमा अध्यक्ष जीबी राईसहित पूर्वअध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढा मगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध इन्टरपोलमार्फत् ‘डिफ्युजन नोटिस’ जारी गर्न लागिएको प्रहरीले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १४:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।