April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

  • साझा परिवेश
  • आइतवार, पुस २९, २०८० १0:४३
राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचन, टीआरसी विधेयकलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सत्ता गठबन्धनले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने विषयमा छलफल गर्ने भएको हो ।

सत्तारुढ चार दलले राष्ट्रिय सभाको रिक्त हुने १९ सिट बाँडफाँट गरिसकेका छन् । ठूलो दलको हैसियतमा नेपाली कांग्रेसले १० सिट पाएको छ भने माओवादी केन्द्रले ६ सिट लिएको छ । एकीकृत समाजवादीले भागबन्डामा असन्तुष्ट रहँदै २ सिटमा चित्त बुझाएको छ । जनता समाजवादीले १ सिट पाएको छ । राष्ट्रपतिमा मनोनीत हुने एक सदस्य पद भने जनमोर्चाको भागमा परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन सक्रिय भएपनि दलीय खिचातानीका कारण अहिलेसम्म यसले गति लिन सकिरहेको छैन ।

दलीय स्वार्थका कारण गिजोलिँदै आएको संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन दलहरु पछिल्लो समय एकमत देखिएका छन् । यस विधेयकलाई सहमतिबाट नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउनु पर्नेमा दलहरुबीच साझा मत देखिएको छ । यद्यपि दलहरुबीच भागबन्डा नमिल्दा र शीर्ष नेता जिम्मेवार नबन्दा संक्रमणकालीन न्याय हरेक समय दाउपेचमा पर्दै आएको छ ।

  • साझा परिवेश
  • आइतवार, पुस २९, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।