April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

प्रशासन कार्यालय झापामा नागरिकताका लागि टोकन प्रणाली

  • साझा परिवेश
  • शनिबार, असार १६, २०८० २0:२२
प्रशासन कार्यालय झापामा नागरिकताका लागि टोकन प्रणाली

झापा- नागरिकता लिनेको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले पालिका अनुसार आलोपालो प्रणाली लागु गरेको छ। जन्मसिद्ध नागरिकका सन्तानबाहेकले लिने नयाँ नागरिकताका लागि आलोपालो कायम गरिएको सो कार्यालयले जनाएको छ।

नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपश्चात् जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय झापामा भिड बढेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार झापामा २६ हजार ४३० जनाले जन्मसिद्ध नागरिकता लिएका छन्।

सो कार्यालयका अनुसार औसत रूपमा विश्लेषण गर्दा एक जना व्यक्तिका दुई सन्तानका दरले हिसाब गर्दा जम्मा ५२ हजार ८६० जना नागरिकताका लागि आउन सक्ने अनुमान छ। तीमध्ये बाबु र आमा दुवैको नागरिकता भएकाहरू ४५ हजारलाई नागरिकता वितरण गर्नुपर्ने हुन आउँछ, पोखरेलले भन्नुभयो।

अहिलेकै जनशक्ति र क्षमताका आधारमा कार्य गर्दा दैनिक बढीमा १५० वटा नयाँ नागरिकता जारी गर्न सकिने अवस्था छ। जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण कार्यको टोकन वितरण गर्दा २०८० भदौ दोस्रो हप्तासम्मका लागि पाँच दिनमै वितरण भइसकेको पनि बताइएको छ।

नियमिततर्फको नयाँ नागरिकता (जन्मसिद्धका सन्तान बाहेक) वितरण कार्यलाई पालो लगाई जन्मसिद्धका सन्तानको नागरिकता वितरण सङ्ख्या वृद्धि गर्नुपर्ने देखिएकाले असार १७ गतेदेखि लागु हुने गरी प्रत्येक स्थानीय तहलाई पालो लगाइएको र सो विषयमा सार्वजनिक सूचना गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो।

  • साझा परिवेश
  • शनिबार, असार १६, २०८० २0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।