May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

हवाई भाडा महँगो भएको भन्दै धनगढी विमानस्थलमै काँग्रेस कार्यकर्ताको विरोध

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:0३
हवाई भाडा महँगो भएको भन्दै धनगढी विमानस्थलमै काँग्रेस कार्यकर्ताको विरोध

काठमाडौँ । दसैँका बेला हवाई यातायातको भाडा बढाएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरू विरोधमा उत्रिएका छन्। काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ र तरुण दलका कार्यकर्ताहरूले धनगढी विमानस्थलमै गएर हवाई भाडावृद्धिको विरोधमा नाराबाजी गरेका छन्।

अरु नियमित समयमा ६ हजार रहेको काठमाडौँ–धनगढी उडानको भाडा दसैँका बेला २० हजारसम्म पुर्‍याइएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन्। दसैँका बेला झन् छुट उपलब्ध गराएर सस्तो हुनुपर्ने भाडा हवाई यातायात व्यवसायीको मिलेमतोमा बढाएर कालोबजारी गर्ने काम भएको काँग्रेसका कार्यकर्ताको आरोप छ।

काँग्रेसका कार्यकर्ताले धनगढी विमानस्थलमा केही वायुसेवा कम्पनीविरुद्ध समेत नाराबाजी गरेका छन्।

काठमाडौँदेखि सबैभन्दा लामो रुट मानिएको धनगढीमा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको उडान छैन। निजी कम्पनीले दसैँका बेला प्रतियात्रु १७ हजार रुपैयाँभन्दा बढी भाडा तोकेका छन्।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।