May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने

जन्मकैदको सजाय पाएका फरार अभियुक्त ५ वर्षपछि पक्राउ

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १0:५१
जन्मकैदको सजाय पाएका फरार अभियुक्त ५ वर्षपछि पक्राउ
  • सिराहामा खुन डाँका पाँच वर्षपछि पक्राउ
  • ५६ का मो. इब्राहिम मियालाई प्रहरीले पक्राउ गर्यो 
  • अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि कारागार चलान गरियो 

जनकपुरधाम ।।

सिराहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । फरार अभियुक्त सिराहाको कल्याणपुर नगरपालिका-१२ बेल्हा बस्ने वर्ष ५६ का मो. इब्राहिम मियालाई प्रहरीले पक्राउ गरेको हो । खुन डाँका मुद्दामा मियालाई उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद)को सजाय फैसला सुनाएको थियो ।

फरार रहेका मियालाई गोप्य सूचनाको आधारमा मंगलबार सिराहा नगरपालिका ७ अस्पताल स्थितबाट पक्राउ गरेर बुधबार जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।