काठमाडौँ । काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर नजिकबाट बालिका हराएकी छन् । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ बालिका हराएकी हुन् ।
बालिकाका अभिभावक मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरुले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले बालिकाको खोजी भइरहेको बताए । ढुंगेलले भने–‘हराएकी बालिकाको खोजी हुँदै छ ।’
चिया खान आउने ग्राहकले बालिकालाई अपहरण गरेको आशंका गरिएको छ । बालिकाको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका सुरक्षाकर्मी परिचालन गरिएको छ ।