May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

प्रधानमन्त्री कार्यालयका ६ दर्जन अनावश्यक कर्मचारीलाई ठेगान लगाउँछु : प्रचण्ड

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १५:२९
प्रधानमन्त्री कार्यालयका ६ दर्जन अनावश्यक कर्मचारीलाई ठेगान लगाउँछु : प्रचण्ड
  • कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक 
  • सचिवालयमा पनि उल्लेख्य हेरफेर गर्ने
  • मन्त्रीहरुसमेत हेरफेर गर्ने संकेत 
  • गठबन्धनभित्र त्यसो नगर्न दबाब पैदा 

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक रहेको भन्दै प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने घोषणा गरेका छन् । विस्तृत अन्तर्वार्ता दिँदै प्रधानमन्त्री प्रचण्डले कार्यालयसँगै सचिवालय पनि चुस्तदुरुस्त पार्ने सुनाए ।

‘प्रधानमन्त्री कार्यालयलाई जति व्यवस्थित हिसाबले लैजानुपर्ने हो, त्यसमा सीमा आफ्ना सीमा महसुस गरेको छु, आज क्याबिनेट बैठकमा निर्णय गराएरै प्रधानमन्त्री कार्यालयको संरचना बदल्छु,’ प्रधानमन्त्रीले भने, ‘६ दर्जन कर्मचारी अनावश्यक छन्, त्यसलाई कसरी चुस्त दुरुस्त बनाउने भनेर प्रक्रिया सुरु गरिसकेको छु ।’ उनले संरचना बदल्ने प्रक्रियाबारे विस्तृत नबताए पनि गृहकार्य भइरहेको बताए ।

प्रधानमन्त्रीले आफ्नो कार्यालयसँगै सचिवालयमा पनि उल्लेख्य हेरफेर गर्ने संकेत दिए । एक वर्षे अनुभवले आफूलाई हेरफेरको आवश्यकता महसुस भएको उनले बताएका छन् । उनले मन्त्रीहरुसमेत हेरफेर गर्ने संकेत गरे पनि गठबन्धनभित्र त्यसो नगर्न दबाब पैदा भएको संकेत गरे ।

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट