May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

झापामा हात्तीको आक्रमणमा परि एकको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० 0८:0९
झापामा हात्तीको आक्रमणमा परि एकको मृत्यु

बिर्तामोड । झापामा मानव जङ्गली हात्तीको द्वन्द्व बढेर गएको छ । जङ्गली हात्तीको आक्रमणमा परि घरमै सुतिरहेका झापा शिवसताक्षी नगरपालिका ११ सृजना टोलका ४६ वर्षीय मेघराज राईको ज्यान गएको छ ।

घरमै सुतिरहेको वेला बिहीबार राती १ बजेको समयमा राईको घरको टाटी भत्काएर हात्तीले अन्न लिएर जाने क्रममा राईलाई समेत आक्रमण गरी घटनास्थलमै हात्तीको आक्रमणमा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात्तीले धमाधम घर भत्काउन थालेपछि परिवारका अन्य सदस्यको उद्धार गर्ने क्रममा घर मुली राईको हात्तीसँग जम्काभेट हुँदा हात्तीले कुल्चिएर राईको मृत्यु भएको हो । हात्तीले राईको घरमा भएको अन्न खानुको साथै राईको घरको समेत बेरा भत्काइदिएको छ ।

हात्तीको आक्रमणमा परि मृत्यु भएका राईको हाल शवलाई पोष्टमर्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० 0८:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट