April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

रिलायन्स जिओले आर्टिफिसियल इन्टेलिजेन्स टुल ‘भारत जीपीटी’ बनाउने

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १३:३५
रिलायन्स जिओले आर्टिफिसियल इन्टेलिजेन्स टुल ‘भारत जीपीटी’ बनाउने

रिलायन्स जिओले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) बम्बईसँग सहकार्य गरेर आर्टिफिसियल इन्टेलिजेन्स टुल ‘भारत जीपीटी’ बनाउने भएको छ । बुधवार आईआईटी बम्बईमा आयोजित टेकफेस्ट कार्यक्रममा कम्पनीका अध्यक्ष आकाश अम्बानीले नयाँ एआई परियोजना ‘भारत जीपीटी’को घोषणा गरेका हुन् ।

दूरसञ्चार र प्रसारण क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरेको रिलायन्स जिओले एआई क्षेत्रमा पनि आफूलाई स्थापित गर्न यो परियोजना अगाडि ल्याएकाे हाे । यसअन्तर्गत कम्पनीले आईआईटी बम्बईसँगको जोइन्ट भेन्चरमार्फत नयाँ एआई प्रोजेक्ट ‘भारत जीपीटी’ सुरु गर्नेछ ।

भारतको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक समेत रहेको जिओले २०२४ को पहिलो केही महिनाभित्र यो टुल सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । “हामीले भारत जीपीटी कार्यक्रम सुरु गर्न आईआईटी बम्बईसँग एउटा परियोजनामा काम गरिरहेका छौं,” उनले भने, “हामी एआईलाई हाम्रो सङ्गठनभित्र मात्र नभई सबै क्षेत्रहरूमा सुरु गर्न कडा मेहनत गरिरहेका छौं ।”

अबको १० वर्ष लार्ज ल्याङ्ग्वेज मोडेल र जेनेरेटिभ एआईले परिभाषित गर्ने उनले बताए । भारत जीपीटी र जिओको अन्य एआई परियोजना मिडिया स्पेस, कमर्स, दूरसञ्चार र उपकरणका लागि उपयोगी हुने उनको भनाइ छ । भारत जीपीटीलाई जिओ टेलिकम उत्पादनका लागि एआईको रूपमा विकसित गरिने अपेक्षा गरिएको छ । ठूलो लगानी भएको जिओले ल्याउने एआई टुलले भाइरल एआई मोडेल ‘च्याटजीपीटी’लाई टक्कर दिनसक्ने अपेक्षा गरिएको छ ।

त्यस्तै अम्बानीले जिओ टेलिभिजनका लागि आफ्नै अपरेटिङ सिस्टममा काम गरिरहेको खुलासा गरेका छन् । “हामी अहिले टेलिभिजनका लागि आफ्नै अपरेटिङ सिस्टम बनाइरहेका छौं,” उनले भने, “यसलाई कसरी सार्वजनिक गर्ने भन्नेबारे सोचिरहेका छौं ।”

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट