May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

पृथ्वीको तापमान बढ्दा अब लामखुट्टे ‘आतंक’

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० 0८:५९
पृथ्वीको तापमान बढ्दा अब लामखुट्टे ‘आतंक’

जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दा लामखुट्टेको संख्या पनि बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ। तातो वातावरणमा लामुखुट्टेका लार्भा सिकार गर्ने किरालाई कठिनाइ हुँदा लामखुट्टे नियन्त्रण गर्न समस्या हुने अनुसन्धानकर्ताको ठहर छ।

यसैगरी तातो वातावरणमा लामखुट्टेका लार्भाको विकास द्रुत गतिमा हुने र यसलाई सिकार गर्ने गाइने किरालगायत अन्य सिकारी किरालाई लार्भा खाने अवसर सीमित हुने अध्ययनको निष्कर्ष छ।

अनुसन्धानकर्ताले यस्तो अवस्थामा लार्भाबाट वयस्क लामखुट्टेमा विकास हुने दर दुई गुणाले बढ्ने आकलन गरेका छन्। अनुसन्धानका क्रममा रिचमन्डस्थित जेम्स नदी र सो नदीको वरपर चट्टाननजिकका पोखरीछेउछाउ बस्ने लामखुट्टेको अध्ययन गरिएको थियो।

‘यस्तो अवस्थामा सबैले मन नपराउने यो किराको संख्या अत्यधिक बढ्ने देखिएको छ,’ अध्ययनको नेतृत्व गरेका प्रमुख अनुसन्धानकर्ता एन्ड्र्यु डेभिडसनले प्रेस विज्ञप्तिमा भनेका छन्।

अनुसन्धानकर्ताले लामखुट्टेका लार्भाको सिकार गर्ने गाइने किराहरूको उपस्थिति रहे पनि न्यानो पोखरीमा अत्यधिक लार्भा रहेको पत्ता लगाएका थिए। ‘उत्तर अमेरिकामा चट्टाननजिकका पोखरीमा गरिएको अध्ययनको नतिजा जिका भाइरस र वेस्ट नाइलजस्ता रोगको प्रसारणमा जिम्मेवार ठानिएका लामखुट्टेका प्रजातिमा पनि लागु हुन सक्छ,’ डेभिडसनले भनेका छन्। अध्ययनमा सिकारी र सिकारको अन्तरसम्बन्धमा तापक्रमले पार्ने प्रभावलाई समेत हेरिएको थियो। सिकारी जीवजन्तुले कृषिबालीमा लाग्ने किरा नियन्त्रण तथा विभिन्न खाले रोग निम्त्याउने किरा नियन्त्रण गरेर पारिस्थितिकीय सेवा ९इकोसिस्टम सर्भिस० उपलब्ध गराउने गर्छन्। यो सन्दर्भमा अध्ययनको नतिजाले विद्यमान पारिस्थिकीय सेवासमेत बिथोलिन सक्ने देखिएको छ।

‘विश्वको तापमान बढ्दो क्रममा रहेको सन्दर्भमा पारिस्थिकीय प्रणालीमा पर्ने असरलाई निगरानी गर्ने मात्र नभई यी विषयमा रहेका आकलन र बुझाइलाई समेत समीक्षा गर्नु जरुरी देखिएको छ,’ अध्ययन प्रतिवेदनमा अनुसन्धानकर्ताले भनेका छन्।

औद्योगिक क्रान्ति सुरु हुनुअघिको अवधिको तुलनामा पृथ्वीको तापक्रम १।२ डिग्री सेन्टिग्रेडले बढिसकेको छ। जीवाश्म इन्धनको बेरोकतोक प्रयोगले सरदर तापमान बढ्ने क्रम जारी छ। यो समाचार नागरिक दैनिकमा छ ।

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० 0८:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट