May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

अनलाइन कारोबार गर्दा सकेसम्म फ्री वाई-फाई प्रयोग नगर्नुहोस्: प्रहरी

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १३:३८
अनलाइन कारोबार गर्दा सकेसम्म फ्री वाई-फाई प्रयोग नगर्नुहोस्: प्रहरी

काठमाडौं । नेपाल प्रहरीले साइबर सुरक्षालाई मध्यनजर गर्दै सम्भव भएसम्म निःशुल्क उपलब्ध हुने वाई-फाई प्रयोग गरी अनलाइन भुक्तानी नगर्न सुझाव दिएको छ ।

बिहीवार सामाजिक सञ्जालमा एक सामग्री राख्दै प्रहरीले अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका लागि सम्भव भएसम्म निःशुल्क वाई-फाई प्रयोग नगर्न सुझाव दिएको हो ।

“कुनै पनि सार्वजनिक स्थानमा अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका लागि सम्भव भएसम्म निःशुल्क वाई-फाई प्रयोग नगर्नुहोस्,” प्रहरीले भनेकाे छ ।

अनलाइन भुक्तानीमा किन फ्री वाई-फाई प्रयोग नगर्ने ?

यदि तपाईंले कुनै प्रडक्ट वा सेवा निःशुल्क पाउनु भएको छ भने त्यसको प्रडक्ट वा सेवा तपाईं आफैं हो भन्ने बुझ्नुपर्ने हुन्छ । कतिपय इन्टरनेट सेवाप्रदायक कम्पनी, व्यवसायी वा अन्य व्यक्तिले पनि सर्वसाधारणको सुविधाका लागि वाई-फाई निःशुल्क उपलब्ध गराएका हुन्छन् । त्यस्तोमा जोखिम नै हुन्छ भन्ने हुँदैन । तर, ह्याकरले उक्त स्थानको फाइदा उठाएर आफ्नो स्वार्थका लागि निःशुल्क वाई-फाई उपलब्ध गराएका हुनसक्छन् ।

सार्वजनिक रूपमा उपलब्ध वाई-फाईमा पनि थुप्रै जोखिम हुन्छन् । निःशुल्क उपलब्ध हुने वाई-फाई प्रयोग गर्दा ‘म्यान इन द मिडल अट्याक’ हुन्छ । यसको अर्थ तपाईंले कारोबार गरिरहँदा त्यसबीचमा ह्याकर रहेको हुन्छ । जसले तपाईंको डिभाइस र तपाईंले ब्राउज गरेको वेबसाइटबीच के-कस्ता डेटा आदानप्रदान भएका हुन्छन् भन्ने सबै थाहा पाएको हुन्छ । जसले गर्दा तपाईंको लगइन विवरण, क्रेडिट कार्ड नम्बर वा व्यक्तिगत जानकारी चोरी हुने सम्भावना उच्च हुन्छ ।

असुरक्षित नेटवर्क पनि निःशुल्क उपलब्ध हुने वाई-फाईको अर्को जोखिम हो । सार्वजनिक वाई-फाईमा इन्क्रिप्सनको अभाव वा कमजोर सुरक्षा प्रणाली हुने भएकाले साइबर अपराधीले सहजै तपाईंका डेटा चोरी गर्न सक्छन् । त्यस्तै कतिपयले नक्कली हट्सपट तयार पारेर पनि तपाईंलाई आफ्नो जालोमा पार्न खोजिरहेका हुन्छन् । एक पटक तपाईंको डिभाइस उनीहरूले सञ्चालन गरेको हट्सपोटमा जोडियो भने उनीहरूले तपाईंको डेटामाथि नियमन गरिरहेका हुन्छन् ।

त्यति मात्र नभइ निःशुल्क उपलब्ध हुने वाई-फाई प्रयोग गर्दा मालवेयर सङ्क्रमणको जोखिम पनि उत्तिकै हुन्छ । मालवेयर फैलाउनका लागि पनि ह्याकरले फ्रि वाई-फाईको सहायता लिएका हुन्छन् । त्यसैले निःशुल्क वाई-फाई प्रयोग गर्दा सतर्कता अपनाउनुपर्ने हुन्छ ।

यस्ता जोखिमबाट बच्नका लागि सार्वजनिक वा निःशुल्क वाई-फाई प्रयोग गर्दा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्नुपर्ने हुन्छ । भीपीएनले इन्टरनेट कनेक्सन इन्क्रिप्सन गरिदिने भएकाले अरूले तपाईंको डेटा इन्क्रिप्टेड फर्ममा पाउन सक्दैनन् । यस्तो अवस्थामा तपाईंको डेटा सुरक्षित हुन सक्छ ।

त्यस्तै तपाईंले भिजिट गरेको वेबसाइटले ‘HTTPS’ (हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल सेक्युअर’ प्रयोग गरेको छ भन्ने सुनिश्चित गर्नुहोस् । एड्रेशबारमा हेरेर पनि तपाईंले साइट सुरक्षित वा असुरक्षित भए नभएको निर्धारण गर्न सक्नुहुन्छ ।

रसक सार्वजनिक वा निःशुल्क उपलब्ध हुने वाई-फाईमा संवेदनशील जानकारी दिने, कारोबार गर्ने काम नगर्नुहोस् । त्यस्तै सफ्टवेयर अपडेटेड राखेर र मल्टिफ्याक्टर अथेन्टिकेसन अन गरेर पनि तपाईं आफ्नो खाता सुरक्षित राख्न सक्नुहुन्छ ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १३:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट