April 7, 2025 | सोमवार, चैत्र २५, २०८१
सुचनाहरु
रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

मदन भण्डारी राजमार्गको लागि २ अर्ब ६० करोड बजेट सुनिश्चितता

  • साझा परिवेश
  • मङ्लबार, पुस १७, २०८० १३:0९
मदन भण्डारी राजमार्गको लागि २ अर्ब ६० करोड बजेट सुनिश्चितता

सुर्खेत । निकै चर्चाको शिखरमा रहेको मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका बाँकी दुई वटा खण्डको काम अघि बढ्ने देखिएको छ । बाँकी रहेका खम्बागाडे–विद्यापुर र बल्देदेखि–लगाम बजारसम्मको खण्डको काम करिब अघि बढ्ने देखिएको हो । यी दुई सडक खण्डका लागि दुई अर्ब ६० करोड बराबरको बजेट सुनिश्चितता भएको छ ।

बजेट व्यवस्थापनका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हृदयराम थानीले सम्बन्धित मन्त्रालयहरूमा निरन्तर पहल गरिरहेका छन् । ५० कै दशकमा सडक पुगेर गाडी देखेका पश्चिमका जनताले अझै पनि सहज रूपमा यातायात सेवाको उपभोग गर्न पाइरहेका छैनन् । सडक खनिए पनि स्तोरन्नती नहुँदा यहाँका नागरिकहरूले निरन्तर सडक सास्ती खेप्दै आएका छन् ।

सङ्घीयतापछि सडक स्तोरन्नतीको लागि आवाजहरू उठे पनि बजेट व्यवस्थापन भने हुन सकिरहेको थिएन । बजेट सुनिश्चितता भएसँगै सडकको विकास हुनेमा पश्चिमका जनता आशावादी छन् ।

खाल्डाखुल्डी, हिलाम्मे सडकको रूपमा परिचित छ, मदन भण्डारी । अहिले बजेट सुनिश्चितता भएका बाहेक बड्डीचौर–खम्बागाडे खण्डको काम भने अहिले भइरहेको छ । उक्त खण्डमा केन्द्रले बेवास्ता गरेपछि सोही क्षेत्रबाट प्रदेश सभा सांसद, पूर्व अर्थमन्त्री विन्दमान विष्टले प्रदेशबाट नै बजेटको व्यवस्थापन गरेका थिए । उक्त ठाउँमा अहिले काम भइरहेको छ ।

यो खण्डको १३ किलोमिटर कालोपत्रे गर्न जयदेवी जेभी बाँकेले ०७९ असारमै जिम्मा लिएको थियो । ०८१ असार २४ मा सम्पन्न गर्ने गरी ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ बजेट छ ।

यद्यपि यो क्षेत्रमा लक्ष्य अनुसार काम भने भइरहेको छैन । बड्डीचौर–बेनीघाट (९४ किमि) जोड्छ मदन भण्डारी राजमार्गले । सांसद थानीका अनुसार खम्बागाडे–विद्यापुरसम्म १० किलोमिटर र बल्देदेखि–लगाम बजारसम्म १५ किलोमिटर सडक निर्माणका लागि अर्थमन्त्री प्रकाश शरण महतको मन्त्री स्तरीय अनुसार दुई अर्ब ६० करोड बजेट सुनिश्चितता भएको हो । अब यो सडक खण्ड पनि ठेक्का प्रक्रियामा जाने भएको छ ।

विद्यापुर–बल्देसम्मको २२ किलोमिटर खण्डमा पनि अहिले काम भइरहेको छ । मोतीदान कन्स्ट्रक्सनले १ अर्ब २७ करोड लागतमा काम गरिरहेको छ ।

पश्चिम क्षेत्रमा बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका पर्दछन् । यी पालिकाहरुको मेरुदण्ड मानिन्छ, मदन भण्डारी राजमार्ग । ‘मैले आगामी वर्षसम्म सडक निर्माण पुरा गर्ने लक्ष्यका साथ कामहरू अगाडि बढाइरहेको छु,’ थानीले भने, ‘अब छिटै ठेक्का प्रक्रिया सम्पन्न भर्ई सडक निर्माण कार्य सुरु हुनेछ । यो सडक निर्माण सम्पन्न भएमा पश्चिम सुर्खेतले विकासमा महत्त्वपूर्ण फड्को मार्नेछ ।’

  • साझा परिवेश
  • मङ्लबार, पुस १७, २०८० १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि?