April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

ट्रमा सेन्टरमा छैन एमआरआई मेसिन

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० 0७:५६
ट्रमा सेन्टरमा छैन एमआरआई मेसिन

काठमाडौँ । दुर्घटनाका घाइतेको उपचारको जिम्मेवारी वहन गरेको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एमआरआई) स्क्यानर नै छैन । सो अस्पतालमा आउने बिरामीमध्ये अधिकांश दुर्घटनाका कारण घाइते वा चोट पटक लागेकाहरू हुने गरेका छन् ।

त्यस्ता बिरामीको अवस्था अनुसार एक्सरे, कम्प्युटराइज्ड टोमोग्राफी, सिटी स्क्यान र एमआरआई गर्नुपर्ने हुन्छ । अत्याधुनिक विशाल अस्पतालमा हालसम्म एमआरआई मेसिन उपलब्ध छैन । एमआरआई गर्नुपर्ने बिरामीलाई निजी स्वास्थ्य संस्थामा सिफारिस गरिँदै आएको छ ।

ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले एमआरआई मेसिन अनिवार्य भए पनि हालसम्म खरिद गर्न नसकिएको बताए । “निकै महँगो पर्ने भएकाले अस्पतालको स्रोतबाट एमआरआई मेसिन खरिद गर्न सम्भव छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई मेसिन अभावले समस्यामा परेकाले तत्काल मेसिन उपलब्ध गराइदिन आग्रह गरेका छौँ तर प्राप्त भइरहेको अवस्था छैन,” उनले भने ।

ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका मध्ये ८० प्रतिशतको शल्यक्रिया गर्नुपर्ने हुन्छ । “त्यस्ता बिरामीका लागि एमआरआई अनिवार्य गर्नुपर्ने हुन्छ,” उनले भने, “ट्रमा सेन्टरमा एमआरआई नहुँदा दैनिक २० देखि २५ जना बिरामी निजी संस्थामा गएर एमआरआई गराउन बाध्य छन् ।” आकस्मिकमा आउने बिरामीलाई भने सँगैको वीर अस्पतालमा एमआरआई गर्ने गरिएको छ । वीर अस्पतालमा सोही अस्पतालका बिरामीले पनि तत्काल पालो पाउँदैनन् र कुर्नुपर्ने अवस्था छ । वीर अस्पतालमा दिउँसो मात्र एमआरआई सेवा उपलब्ध छ । ट्रमा सेन्टरमा ल्याइएका बिरामी कतिपयलाई कुनै पनि समयमा एमआरआई गराउनुपर्ने अवस्था रहन्छ ।

ट्रमा सेन्टरका निर्देशक डा. रिजालले भने, “यहाँ आएका सबैलाई वीर अस्पतालमा पठाउन पनि सकिँदैन । त्यहीँका बिरामी नै पालो कुर्नुपर्ने अवस्था छ, हाम्रा बिरामी सबैको उसले एमआरआई गरिदिने अवस्था छैन । त्यसैले निजी संस्थामा पठाउनुको विकल्प नै छैन ।”

निजी संस्थामा एमआरआई गर्न निकै चर्को शुल्क तिर्नुपर्ने हुन्छ । एमआरआई सेवा सञ्चालन गर्ने गरेका संस्था र सरकारी अस्पतालका स्वास्थ्यकर्मीबिच आर्थिक सम्बन्ध रहने गरेको पनि आरोप लाग्दै आएको छ । दुर्घटनाका घाइतेको उपचारका लागि भारत सरकारको सहयोगमा निर्माण गरिएको ट्रमा सेन्टर २०७२ सालबाट सञ्चालनमा आएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ट्रमा सेन्टरमा एमआरआई मेसिन अत्यावश्यक भएको बताए । “ट्रमा सेन्टरबाट एमआरआई खरिदका लागि बजेट छुट्याउनका लागि माग आएको छ,” उनले भने, “मन्त्रालयले ट्रमा सेन्टर खरिदका लागि प्राथमिकता दिने छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० 0७:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट