May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक

रसिया र युक्रेनका लागि श्रम स्वीकृति दिन रोक

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० १६:२९
रसिया र युक्रेनका लागि श्रम स्वीकृति दिन रोक

काठमाडौँ । सरकारले युद्धग्रस्त मुलुकहरू रसिया र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ । वैदेशिक रोजगार विभागले दुवै देशमा व्यक्तिगत तथा संस्थागत रूपमा श्रम स्वीकृति दिन रोक लगाएको हो ।

विभागले एक सूचना जारी गर्दै नेपाली नागरिकहरू रसिया जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गर्दै हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको विभागले जनाएको छ ।

रसिया–युक्रेनबिच युद्ध चलिरहेको बेला धेरै नेपालीहरू रुसी सेनामा भर्ना भइरहेका छन् । युद्धको क्रममा रुसी सेनामा कार्यरत १० जना नेपालीले ज्यान गुमाइसकेका छन् । केही नेपाली घाइते भएका छन् । भने केही सम्पर्कविहीन बनेका छन् । यस्तो अवस्थामा आफ्ना नागरिकको सुरक्षा तथा थप क्षति हुन नदिन श्रम स्वीकृति दिन रोक लगाइएको विभागले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले यसअघि रुस जानेको हकमा कन्सुलर सेवा विभागबाट एनओसी अनिवार्य गराएको थियो ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार मंसिर महिनामा मात्रै व्यक्तिगत श्रम स्वीकृति लिएर १ जना महिलासहित ३५ जना नेपाली रुस गएका थिए । त्यो भन्दा अघि कार्त्तिकमा ४२ जना, असोजमा ४१ जना व्यक्तिगत श्रम स्वीकृति लिएर रुस पुगेका थिए । गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै २९२ जना नेपालीले श्रम स्वीकृति लिएर रूप पुगेका थिए ।

सरकारले युक्रेनमा भने गत वर्षदेखि नै श्रम स्वीकृति दिन बन्द गराएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० १६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।