May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

धनकुटाको बाघखोरमा हेलिप्याड निर्माण

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १0:४९
धनकुटाको बाघखोरमा हेलिप्याड निर्माण

धनकुटाको बाघखोरमा हेलिप्याड निर्माण गरिएको छ । विपद्, गर्भवती, सुत्केरी तथा गम्भीर प्रकारका आकस्मिक घटनामा उद्धार गर्न सहज होस् भन्ने उद्देश्यले धनकुटा नगरपालिका–९ बेलहारास्थित बाघखोरमा हेलिप्याड निर्माण गरिएको हो ।

धनकुटा–९ को कार्यालय, डीएन ग्रुप अफ कम्पनी र स्थानीयको आर्थिक सहयोग तथा नेपाली सेनाको भीमदल गणको प्राविधिक सहयोगमा हेलिप्याड निर्माण भएको हो । नेपाली सेना नम्बर–२ बाहिनी अड्डा हिलेका बाहिनी पति सहायक रथी रामकाजी थापाले आइतबार हेलिप्याड समुद्घाटन तथा हस्तान्तरण गर्नुभयो ।

विपदका घटना आइपर्दा र गर्भवती, सुत्केरी तथा गम्भीर प्रकारका बिरामीको उद्धारका लागि सहज होस् भन्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको सहायक रथी थापाले बताउनुभयो ।

थापाले हेलिप्याड निर्माण सम्पन्न भएपनि सामान खरिदको ६० हजार रुपैयाँ आफूले भुक्तान गर्ने बताउनुभयो । भीमदल गणबाट १० दिनसम्म पर्खाल लगाई हेलिप्याडको ढलान सहितका कार्य गरिएको जनाएको छ ।

हेलिप्याड निर्माणबाट स्थानीय बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिइएको भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले बताउनुभयो । हेलिप्याड निर्माण समिति संयोजक मनोज रायमाझी, कोशी प्रदेशसभाका पूर्व सदस्य कुशुम श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, धनकुटा नगरपालिका–९ का अध्यक्ष टंक रोइला लगायतले धारणा राखेका थिए ।

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट