sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसद सुनिल शर्माले दिए शिक्षामन्त्रीलाई यस्तो चुनौती

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० १0:0९
सांसद सुनिल शर्माले दिए शिक्षामन्त्रीलाई यस्तो चुनौती

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले आचरण विपरीत काम गरेका एक जना विद्यार्थीको विषयलाई लिएर शिक्षा मन्त्रीले निलम्बन फुकुवा गर्न पत्र लेख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । केएमसीले एक महिनाका लागि निलम्बन गरेका डा.विशद दाहालको निलम्बन फुकुवाका लागि शिक्षामन्त्री अशोक राईले मङ्गलवार निर्देशनसहितको पत्र पठाएपछि केएमसी सञ्चालक शर्माले शिक्षा मन्त्रीको कदम हास्यास्पद भएको टिप्पणी गरेका हुन् ।

शिक्षा मन्त्री राईले पदको दुरुपयोग गरेर कलेजलाई पत्र पठाएको भन्दै सञ्चालक शर्माले अब कानुनी बाटो खोज्ने चेतावनी दिए ।

‘मन्त्री जस्तो व्यक्तिले आचरण विपरीत काम गरेका एक जना विद्यार्थीलाई निलम्बन गरेको विषयलाई लिएर पत्र काट्नु हास्यास्पद र लज्जास्पद हो,’ काँग्रेस सांसदसमेत रहेका शर्माले भने, ‘शिक्षा मन्त्रीको चिठ्ठीले हामीलाई केही फरक पर्दैन । हामी ३५ दिन भित्र अदालत जान्छौ ।’ शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलपछि वार्ता गरेर समाधान गर्ने तयारी भइरहेको बेला मन्त्रीको चिठ्ठीले वातावरण थप बिगारेको उनको भनाई छ ।

केएमसीमा अध्ययनरत डा.दाहालले स्वास्थ्य शिविरको विरोध गरेको भन्दै कलेजले एक महिना निलम्बन गरेपछि १३ दिन अघिदेखि कलेजमा आन्दोलन सुरु भएको हो । निलम्बन गरिएका दाहाललाई कलेज प्रशासनले प्रवेश दिएको छैन । यही विषयमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसद डा. तोसिमा कार्की लगायतले मन्त्रालयले केही नगरेको भन्दै हरेक दिन प्रश्न उठाएपछि शिक्षामन्त्री अशोक राईले विश्वविद्यालयलाई निलम्बन फुकुवा गर्न निर्देशन दिएका हुन् ।

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० १0:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid