April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीको घरछेउको गौरादह पोखरी निर्माणका लागि अहिलेसम्म भएको खर्चको छानबिन प्रदेश सरकारले गर्ने

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १0:३२
पूर्वमुख्यमन्त्री हिक्मत कार्कीको घरछेउको गौरादह पोखरी निर्माणका लागि अहिलेसम्म भएको खर्चको छानबिन प्रदेश सरकारले गर्ने
  • पूर्वमुख्यमन्त्री कार्कीको घरछेउमा रहेको उक्त पोखरीमा केही वर्ष यता बर्सेनि करोडभन्दा बढी बजेट विनियोजन भइरहेको
  • पोखरीमा प्रदेश सरकार गठन हुनुभन्दा अगाडि नगरपालिका, स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयबाट पनि करोडौँ बजेट लगानी भएको
  • कति बजेट खर्च भयो र सही ढङ्गले काम भयो भएन भन्ने विषयमा छानबिन गर्ने
  • बिनियोजन भएको बजेट कति खर्च भयो र कति खर्च भएन भन्ने रेकर्ड गौरादह नगरपालिकाले पनि दिन सकेन

 

गौरादह : कोशी प्रदेश सरकारले गौरादह पोखरी निर्माणका लागि अहिलेसम्म भएको खर्चको छानबिन गर्ने भएको छ ।

कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ले पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको निर्वाचन क्षेत्रमा पर्ने गौरादहको पोखरी निर्माणका लागि भएको खर्चको पनि छानबिन गरिने बताए । मन्त्रालयको जिम्मेवारी पाएलगत्तै आइतबार पद बहाली गर्दै मन्त्री उप्रेतीले पोखरी निर्माणका लागि भएको खर्चको पनि छानबिन गरिने   बताए ।

उक्त पोखरी निर्माणका लागि भन्दै यस वर्ष पुनः ४ करोड रुपैयाँ छुट्याइएको छ । सो पोखरी निर्माणका नाममा लामो समयदेखि बजेट छुट्याइए पनि काम नभएको भन्दै आलोचना भइरहेको छ ।

‘पोखरी निर्माणको विषयमा पनि विभिन्न कुरा उठेको छ । कति बजेट छुट्याइएको थियो । कति बजेट खर्च भयो र सही ढङ्गले काम भयो भएन भन्ने विषयमा मुख्यमन्त्रीसँग आवश्यक सल्लाह गरेर छानबिन गर्ने गरी अगाडि बढ्छु,’ उप्रेतीले भने ।

पोखरी विकास समितिका अध्यक्षमा नेकपा एमाले झापाका अध्यक्ष एवं संविधानसभा सदस्य दिपक कार्की छन् । कार्की कोशीका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीका सहोदर दाजु हुन् । आफ्नै दाजु अध्यक्ष रहेको कारण पनि प्रदेश सरकारबाट उनले पोखरीमा करोडौं बजेट खन्याइरहेका छन् । प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारबाट कहिले ठेक्का, कहिले उपभोक्ता समिति र कहिले कोटेशनमा काम भएकोले पोखरीमा अहिलेसम्म कति खर्च यो भन्ने यकिन तथ्यांकसमेत कसैसँग छैन । बिनियोजन भएको बजेट कति खर्च भयो र कति खर्च भएन भन्ने रेकर्ड गौरादह नगरपालिकाले पनि दिन सकेन ।

पूर्वमुख्यमन्त्री कार्कीको घरछेउमा रहेको उक्त पोखरीमा केही वर्ष यता बर्सेनि करोडभन्दा बढी बजेट विनियोजन भइरहेको छ । सो पोखरीमा प्रदेश सरकार गठन हुनुभन्दा अगाडि नगरपालिका, स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयबाट पनि करोडौँ बजेट लगानी भएको जनाइएको छ ।

यसैबिच मन्त्री उप्रेतीले आफ्नो कार्यभार सम्हाल्दै प्रदेशको वन ऐनलाई तत्काल संशोधन गरेर लागू गर्ने निर्णय गरेका छन् । गत कार्तिक १७ गते मन्त्री नियुक्त भए पनि उनको विभाग आइतबारमात्र तोकिएको हो ।

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १0:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।