sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बेरोजगारी झन् बढ्ने आईएलओको अनुमान

  • साझा परिवेश
  • बिहिबार, पुस २६, २०८० १0:४९
बेरोजगारी झन् बढ्ने आईएलओको अनुमान

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले श्रम बजारमा बेरोजगारीको दर झन् बढ्दै जान सक्ने अनुमान गरेको छ । संगठनको सन् २०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण प्रतिवेदनले यो वर्ष विगतभन्दा पनि धेरै मानिसहरू बेरोजगार बन्ने देखाएको हो ।

सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगारी बढ्दै गएको संगठनको भनाई छ । सन् २०२४ मा विश्व बजारमा २० लाख नयाँ श्रमिकहरू आउनेछन् । जसकारण बेरोजगारी दर विगतभन्दा पनि धेरै अर्थात् ५.२ प्रतिशतसम्म पुग्न सक्नेछ ।

सन् २०२३ मा यस्तो दर ५.१ प्रतिशत मात्रै थियो । आईएलओले कोरोनापछि आर्थिक अवस्था कमजोर भएपनि श्रम बजारमा आश्चर्यजनक रूपमा लचिलो भएको र बहुपक्षीय सङ्कटहरू देखा पर्दा सामाजिक न्याय नपाउने सम्भावनामा बढी नै खतरा हुँदै गएको जनाएको छ ।

सन् २०२४ मा २० धनी राष्ट्रहरूमा समेत खर्च योग्य आयमा गिरावट आउने आईएलओको दाबी छ । ‘उच्च र निम्न आय भएका देशबिच रोजगार पाउने अवस्थामा निकै अन्तर छ । २०२३ मा उच्च आय भएको देशमा रोजगारीको दर ८.२ प्रतिशत थियो भने निम्न आय भएको देशमा २०.५ प्रतिशत थियो,’ आईएलओले भनेको छ, ‘२०२३ मा उच्च आय भएको देशमा ४.५ प्रतिशत बेरोजगार दर थियो भने निम्न आय भएको देशमा बेरोजगार दर ५.७ प्रतिशत थियो ।’

यो वर्ष काम गर्ने गरिब श्रमिकहरू बढ्ने आईएलओको दाबी छ । सन् २०२३ मा दैनिक २.१५ डलर भन्दा कम कमाउने कामदारको सङ्ख्या बढेर १० लाख पुगेको थियो भने प्रतिदिन ३.६५ डलर भन्दा कम कमाउने श्रमिकहरूको सङ्ख्या ८४ लाख पुगेको थियो ।

  • साझा परिवेश
  • बिहिबार, पुस २६, २०८० १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid