May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

ब्याजदर घट्दा पनि कर्जाको माग नहुनु चिन्ताको विषय

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २३, २०८० १0:४९
ब्याजदर घट्दा पनि कर्जाको माग नहुनु चिन्ताको विषय

काठमाण्डौ – नेपाल बैंकर्स सङ्घले ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको बताएको छ । हिजो काठमाण्डौमा भएको पत्रकार सम्मलेनमा सङ्घका अध्यक्ष सुनिल केसीले कर्जाको माग नबढ्नु बैंकको लागि मात्र नभई समग्र अर्थतन्त्रको लागि पनि चिन्ताको विषय भएको बताए ।

उनकाअनुसार चालु आर्थिक वर्षको चैत १६ गतेसम्म कर्जाको वृद्धिदर ४ दशमलव १७ प्रतिशत मात्र रहेको छ । अहिले कतिपय कर्जाको ब्याजदर एकल अङ्कमा झरिसकेको उनको भनाइ छ । घर कर्जा, विद्युतीय गाडी कर्जा र उत्पादनमूलक क्षेत्रको कर्जा एकल अङ्कमा नै झरिसकेको र अरु कर्जाको ब्याजदर पनि एकल अङ्कमा नै आउने अवस्था रहेको उहाँले बताए ।

बैंकर्स सङ्घका अध्यक्ष केसीले विश्वब्यापी रुपमा पनि ब्याजदर घट्दै गइरहेकोले आउँदा दिनमा ब्याजदर अझै घट्ने बताए । पहिले ब्याजदर बढी भएर कर्जा नबढेको चर्चा हुने गरेको भए पनि अहिले ब्याजदर घट्दा पनि कर्जा बढ्न नसकेको बैंकरहरुको भनाइ छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २३, २०८० १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।