May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

अध्ययन र भ्रमणका लागि पाँच महिनामै विदेशियो एक खर्ब २३ अर्ब

  • साझा परिवेश
  • आइतवार, पुस २९, २०८० १३:५२
अध्ययन र भ्रमणका लागि पाँच महिनामै विदेशियो एक खर्ब २३ अर्ब

अध्ययन र भ्रमणका लागि पाँच महिनामा एक खर्ब २३ अर्ब रुपैयाँ विदेशिएको छ। राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा यो परिमाणमा रकम बाहिरिएको हो।

अध्ययन र भ्रमणकै लागि अघिल्लो वर्षको यो अवधि (साउनदेखि मंसिरसम्म) ८४ अर्ब रुपैयाँ बाहिरिएको थियो । गत वर्षको तुलनामा यो वर्षको पाँच महिनामा थप ३९ अर्ब रुपैयाँ बाहिरिएको हो।

साउनदेखि मङ्सिरसम्म भ्रमणका लागि ७५ अर्ब ७३ करोड रुपैयाँ बाहिरिएको छ। गत वर्ष यति अवधिमा ४७ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको थियो ।

यस्तै अध्ययन प्रयोजनका लागि ४७ अर्ब ३४ करोड रुपियाँ लागि बाहिरिएको छ। गत वर्ष यति अवधिमा २८ अर्ब ८० करोड रुपैयाँ विदेशिएको थियो।

अध्ययन र भ्रमणका लागि पाँच महिनामा बाहिरिएको रकम नेपालले वस्तु निर्यातबाट गरेको आम्दानीको तुलनामा दोब्बरभन्दा बढी हो। यो अवधिमा नेपालले ६२ अर्ब रुपैयाँको मात्र वस्तु निर्यात गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

  • साझा परिवेश
  • आइतवार, पुस २९, २०८० १३:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट