sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

“आधुनिक शिक्षा संग याेग र अध्यात्म” बिषयमा प्रशिक्षण कार्यक्रम सप्पन्न

  • साझा परिवेश
  • सोमवार, माघ १, २०८० १९:५३
“आधुनिक शिक्षा संग याेग र अध्यात्म” बिषयमा प्रशिक्षण कार्यक्रम सप्पन्न

इनरुवा संवाददाता

इनरुवा : “आधुनिक शिक्षा संग याेग र अध्यात्म” सुनसरी जिल्लाको इनरुवामा आधुनिक शिक्षा संग योग र अध्यात्मलाई कसरी जोड्ने भन्ने बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को नगर प्याब्सन इनरुवाकाे आयाेजनामा पौष २९ गते आइतबार इनरुवा-३ स्थित ॐ साईराम पार्टी प्यालेसमा प्याब्सनसङ्ग आवद्ध निजी विद्यालयका प्रीन्सिपल/सन्चालक र शिक्षक शिक्षिकाहरुको उपस्तिथिमा “आधुनिक शिक्षा संग याेग र अध्यात्म” कार्यक्रम सम्पन्न भएकाे हाे ।

रामकृष्ण मिसन का संत, स्वामी विवेकानन्द परमपराका वाहक, रामकृष्ण विवेकानन्द सेवा आश्रम देवघर (बाबाधाम) भारतका वर्तमान सचिव समेत रहनु भएका स्वामी राधाकान्तानन्द महाराज ज्यूकाे प्रमुख आतिथ्य तथा नगर प्याब्सन इनरुवाका अध्यक्ष रमेश गुरागाईंकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ४०० भन्दा बढीको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुलाई जीवन विज्ञान इनरूवाकी इन्चार्ज सविना सिग्देलले याेगका विभिन्न आसनहरु तथा याेगका फाइदाहरुबारे जानकारी दिनुभएकी थिइन् ।

रामकृष्ण मिसन का संत, स्वामी विवेकानन्द परमपराका वाहक, रामकृष्ण विवेकानन्द सेवा आश्रम देवघर (बाबाधाम) भारतका वर्तमान सचिव स्वामी राधाकान्तानन्द महाराजले कार्यक्रममा सहभागीलाई विभिन्न किसिमका तनाव व्यवस्थापन, विद्यार्थीहरुको ध्यान कक्षा काेठामा तान्ने देखि दैनिक जीवनमा लागुहुने व्यवहारिक ज्ञान साथै याेग, अध्यात्म र अध्यापनकाे बारेमा महत्त्वपूर्ण जानकारीहरु गराउनु भएको थियो। आयोजक नगर प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाईले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रम सन्चालक एवम् नगर प्याब्सन इनरुवाका सचिव गंगाराम मण्डलका अनुसार उक्त कार्यक्रममा कार्यक्रम आयोजनार्थ अहम भुमिका खेल्नु हुन अशोक चित्लाङ्गिया, विवेकानन्द झा लगायत सनातन कुटुम्बका संरक्षक श्रीलाल मेहता का साथै सनातन कुटुम्बाका विशेष सदस्य रोशन अधिकारी लगायत योग र अध्यात्म सङ्ग सम्बन्धित बिभिन्न संघ संस्था र व्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

  • साझा परिवेश
  • सोमवार, माघ १, २०८० १९:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid