May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी

सहकारी विभागमा रवि लामिछानेविरुद्ध नेविसंघको प्रदर्शन

  • साझा परिवेश
  • बिहिबार, माघ ४, २०८० १७:0२
सहकारी विभागमा रवि लामिछानेविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौँ । नेपाल विद्यार्थी संघले सहकारी घोटालाबारे जाँच गर्न र दोषीहरूलाई कडा कारबाही गर्न सहकारी विभाग माग गरेको छ ।

नेविसंघले सहकारी विभागमा उजुरी दर्ता गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कारबाहीको माग गरेको हो । नेविसंघले सहकारी विभाग अगाडी उजुरी दर्ता गरे सँगै विभिन्न नाराहरू सहित प्रदर्शन समेत गरेको थियो । नेविसंघले सहकारी घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको बताएको छ ।

नेपाली जनताको सहकारी संस्थाहरूमा रहेको विश्वासलाई कमजोर पारेको नेविसंघले जनाएको छ । नेविसंघ केन्द्रीय सदस्य आदर्श मल्लले सहकारी विभागलाई सहकारी घोटालाको तत्काल जाँच गर्न र संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न माग गरे ।

प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल,नर बहादुर भण्डारी, सरोज थापा, प्रविन जमकट्टेल, अनुराग शाह, एनपि जोशी, आकाश जंग कुवर, अभिषेक दाहाल, धर्मेन्द्र शाही, निर्मला शाह, निलम बोगटी, मोहन कालाथोकी, ई.योगेश मोक्तान, नेविसंघ काभ्रे जिल्ला अध्यक्ष अन्जनराज खतिवडा, नेविसंघ ललितपुर अध्यक्ष सरोज घोरासैइनी नेविसंघ नेता जयेन्द्र विश्वकर्मा, राजेन्द्र चटौत लगायतको सहभागिता थियो ।

  • साझा परिवेश
  • बिहिबार, माघ ४, २०८० १७:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्