April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

बाँदरले खेलेर बिगारेझैं त्यो सुन्दर वृक्षारोपणलाई शिक्षकहरुले कुरूप बनाए

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १५:१२
बाँदरले खेलेर बिगारेझैं त्यो सुन्दर वृक्षारोपणलाई शिक्षकहरुले कुरूप बनाए
  • बानेश्वर सडक छेउका बिरुवा र दूबो सखाप
  • लाखौं खर्च गरेर रूखबिरुवा र दूबो रोपियो २ दिनमै नस्ट 
  • बोटविरुवाको संरक्षण गर्नु पर्छ भनेर सिकाउनु पर्ने गुरुहरु गति छाड्दै 

काठमाडौं ।।

शिक्षकहरुको आन्दोलनले माइतीघर बानेश्वर सडक छेउका बिरुवा र दूबो सखाप भएका छन् । प्रदर्शनमा आएका शिक्षकहरुले सडक छेउका रूख-बिरुवा हाँगा भाँचेका छन् भने उनीहरुले जथाभावी उभिँदा र बस्दा दूबोसमेत बिग्रिएको छ । माइतीघर-बानेश्वर काठमाडौंमा हरियालीयुक्त देखिने नमूना सडक नै हो । २०७१ सालमा सार्क शिखर सम्मेलन हुने समयमा यो सडकमा लाखौं खर्च गरेर रूखबिरुवा र दूबो रोपिएको थियो ।

सुरुमा छाडा चौपाया र मनलाग्दी सडक पार गर्नेहरूले यसमा क्षति पुर्‍याए । बल्लबल्ल रोपेको बोटबिरुवा मासिने अवस्थामा पुगेको भन्दै सामाजिक सञ्जालसहित सञ्चारमाध्यममा आलोचना भएपछि प्रहरीले नै गस्ती गरेर बोटबिरुवा हुर्काउन काठमाडौं महानगरपालिकालाई सघाएको थियो ।

महानगरपालिकाले जिम्मा पाए पनि विज्ञापन बोर्ड राख्न दिने शर्तमा हरियाली प्रवर्द्धनको काम गर्ने गरी नेपाल टेलिकमसँग सम्झौता गरेको थियो । त्यसअनुसार नै नेपाल टेकिलमले ५ वर्षसम्म यस क्षेत्रको बोटबिरुवा र दूबो गोडमेल, मलजल र संरक्षण गरेको थियो ।

सम्झौता अवधि सकिएपछि अहिले महानगरपालिकाको वातावरण विभागले यो खण्डको हरियाली संरक्षण गर्दै आएको छ । तर बेला बेलामा हुने आन्दोलनको मारमा यो सडकका बोटविरुवा पनि पर्ने गरेका छन् । यस पटक बालबालिकालाई बोटविरुवाको संरक्षण गर्नु पर्छ भनेर सिकाउनु पर्ने गुरुहरुले नै बोटविरुवामा क्षति गरेका छन् ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।