May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

२५ दिनको नाबालक सहित बेपत्ता महिलाको शब तमोर नदिमा भेटियो

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० १९:४७
२५ दिनको नाबालक सहित बेपत्ता महिलाको शब तमोर नदिमा भेटियो

गणेश कुमार श्रेष्ठ

ताप्लेजुङ : माघ १४ गतेदेखि बेपत्ता पाँचथरको याङ्वरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँ मृत अवस्थामा भेटिएको छ । २५ दिनको नाबालकसहित बेपत्ता यमुनाको शव सोमबार तमोर नदी किनारमा भेटिएको हो ।

आठराई त्रिवेणी गाउँपालिका–२ माटेको तमोर नदी किनारमा शव भेटिएको हो । शिशुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

आइतबार बिहान ११ बजेतिर घरबाट परेवाडाँडा स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन घरबाट हिँडेकी उनी साझसम्म नफर्केपछि उनका श्रीमान् डिल्ली चापागाईँले निवेदन दिएको प्रहरी नायब निरीक्षक लिम्बूले बताए ।

चापागाईँले बोक्ने मोबाइल र लगाएको केही कपडा भने आइतबार तमोर नदी किनारमा भेटिएको थियो । त्यसैको आधारमा प्रहरीसहित स्थानीयले नदी किनारमा खोजी गरेका थिए ।यस्तै, २५ दिनका नाबालक छोरा होमप्रसाद चापागाईँको भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० १९:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट