May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० 0९:३६
मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन

रोशन पोखरेल, काठमाण्डौ । मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन गरिएको छ । शनिवार लिलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल काठमाण्डौमा भएको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो।

लिलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हामी र हाम्रो समुहका सचिव लव खड्का रहेको हामी र हाम्रो कृतिका अध्यक्ष मदन नेपालले जानकारी दिनुभयो । अतिथिमा बरिष्ठ समालोचक प्रा डा गोविन्द मान सिंह कार्की , हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारी , मधुवन गोधुलीका सस्थापक अध्यक्ष गणेशबावु अधिकारी , हामी र हाम्रो समुहका सचिव बद्रि उप्रेती लगायतका मु क्तककारहरुले मुक्तककार टेकराज भट्टको कृतिले बधाई तथा शुभकामना सन्देश दिनुभईको थियो ।

त्यस्तै कृतिको समीक्षा मुक्तककार गणेशवावु अधिकारीले गरेका थिए, भने महेश रिजाल, मुकुन्द न्यौपाने, हरि प्रसाद गौतम, रुद्र अधिकारी, नम्रता उप्रेती, सुभद्रा अधिकारी, लब खड्का, भुवन सिवाकोटी चौघरे, विष्णु थापा, नवराज पोखरेल नवशिला महेश प्रसाद रिजाल, राधा भट्ट, पुर्ण बहादुर श्रेष्ठ, नानीबाबा अधिकारी, उत्तम बिचार ‘सर्जक’ मिसन अधिकारी, सुरेश वैद्य, बद्री उप्रेती, मानन्धर अभागी, सुशिल रिजाल, शम्भु गजुरेल र भीष्मराज ढुंगेलले संग्रहित मुक्तक वाचन गरेको थिए । कार्यक्रममा वक्ताहरु प्रदिप रोदन ,रामशरण बानियाँ तथा सुरेन्द्र देवकोटाले संग्रह भित्र संग्रहित मुक्तक विविध विषयमा प्रभाव पार्नसक्ने निकै दमदार र चोटिला शब्द प्रयोग उक्त कृतिमा गरिएको छ । कार्यक्रम सञ्चालन संस्थाका मुक्तककार भुवन सिवाकोटीले गरेका थिए ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० 0९:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।