काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।
ठकुरीले आज राजीनामा दिएका हुन् । उनले गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरु बताउँछन् ।
समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ । तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएका थिए ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार डीआईजी चन्दको राजीनामा प्रक्रिया अघि बढिसकेको छ । उनको राजीनामाको कारण खुलिसकेको छैन ।