May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

पाकिस्तानमा निर्वाचनलक्षित बम विस्फोट, २५ जनाको मृत्यु, ४२ घाइते

  • Rashila Bhandari
  • बुधबार, माघ २४, २०८० १८:४५
पाकिस्तानमा निर्वाचनलक्षित बम विस्फोट, २५ जनाको मृत्यु, ४२ घाइते

पाकिस्तानको बलुचिस्तान प्रान्तमा आम निर्वाचनको पूर्वसन्ध्यामा गरिएका दुईवटा विनाशकारी बम विस्फोटमा परि २५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४२ जना घाइते भएका छन् ।
बुधबार बिहान पिसिन जिल्लामा स्वतन्त्र उम्मेदवार अस्फन्दयार खान काकरको कार्यालय बाहिर शक्तिशाली विस्फोट हुँदा १७ जनाको मृत्यु भएको थियो । विस्फोटमा अन्य २५ जना घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । त्यसको एक घण्टा नबित्दै किल्ला अब्दुल्ला क्षेत्रमा जमियत–उलेमा इस्लाम–पाकिस्तानको चुनावी कार्यालय बाहिर अर्को बम विस्फोट भएको छ । उक्त घटनामा आठ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् । बलुचिस्तान पन्जगुरका एक वरिष्ठ प्रहरी अधिकारी अब्दुल्लाह जेहरीले उम्मेदवार अस्फन्दयार खान काकरको निर्वाचन कार्यालय बाहिर भएको विस्फोटको घटनामा बम टाढाबाटै विस्फोट गराइएको र भवन बाहिर एउटा झोलामा राखिएको खुलेको बताए । ‘केही घाइतेको अवस्था गम्भीर छ र उनीहरूलाई उपचारको लागि क्वेटा लगिएको छ,’ उनले भने।

विस्फोटमा परी मृत्यु हुनेमा अहिलेसम्म १७ जनाको शव भेटिएको तर मृतकको संख्या बढ्न सक्ने उनले बताए । ‘आतंकवादीहरूले चुनावी उम्मेदवारहरूलाई लक्षित गरी मानिसहरूलाई मतदान केन्द्रहरूमा जानबाट रोक्नको लागि लक्षित गरिरहेका छन् तर निर्वाचन निर्धारित समयमै अघि बढ्न सुनिश्चित गर्न सुरक्षाकर्मीहरू थप गरिएको छ,’ जेहरीले भने । स्थानीय मिडिया रिपोर्टका अनुसार किल्ला अब्दुल्ला क्षेत्रमा जेयूआई उम्मेदवारको चुनावी कार्यालयमा भएको शक्तिशाली विस्फोटमा ठूलो क्षति भएको थियो, जसमा आठ जनाको मृत्यु भइसकेको छ ।

पाकिस्तानको निर्वाचन आयोगले दुई विस्फोटको पुष्टि गर्दै बिहीबार हुने निर्वाचनका लागि प्रान्तमा सुरक्षा व्यवस्था थप कडा पारिएको जानकारी दिएको छ ।

  • Rashila Bhandari
  • बुधबार, माघ २४, २०८० १८:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट