July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

झापाको चुनावी भिडन्त : मैदानमा उत्रिएका यी हुन् ‘हेभीवेट’ अनुहार

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ 0८:१३
झापाको चुनावी भिडन्त : मैदानमा उत्रिएका यी हुन् ‘हेभीवेट’ अनुहार
  • युवराज आचार्य

झापा । झापामा प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताहरुबीच नै प्रतिष्पर्धा हुँदै छ । पाँच निर्वाचन क्षेत्र रहेको झापामा तीन क्षेत्रमा ‘हेभीवेट’ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, काँगे्रस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेन र एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेल चुनावी मैदानमा छन् । राष्ट्रिय राजनीतिमा प्रभावशाली यी नेताहरु चुनावी मैदानमा उत्रेसँगै जिल्लामा चुनावी माहोल रोचक बन्दै गइरहेको छ ।

झापामा शक्तिको रुपमा रहेको एमाले र राप्रपाबीच तालमेल छ । सत्तरुढ गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी मैदानमा छन् । एमाले अध्यक्ष ओलीले तुलनात्मक रुपमा कमजोर र बिगतकै प्रतिष्पर्धी पाएका छन् । शर्मा र खरेल तथा सिटौला र लिङ्गदेनबीच कडा प्रतिष्पर्धा हुने अनुमान छ । निर्वाचन आउन एक साता बाँकी रहँदा अहिले चुनावी माहोल झन तात्दै गइरहेको छ । नेताहरु आफुले जित्ने दाबी गर्दै यतिबेला मतदाताको घर–घर धाउन र विभिन्न चुनावी सभामा ब्यस्त देखिन्छन् ।

ओली भर्सेस अधिकारी

झापा क्षेत्र नं ५ मा पुरानै अनुहार नेकपा एमाले का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो । त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो । उनले कांग्रेस उम्मेदवार अधिकारीलाई २८ हजार आठ सय ४२ मतान्तरले पराजित गरेका थिए । सो निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो भने यस पटक उसलाई अन्य दलको साथ छ ।

ओलीले २०७४ सालमा ५७ हजार एक सय ३९ तथा अधिकारीले २८ हजार दुई सय ९७ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा पनि एमालेलाई राप्रपाको समर्थन थियो । यसपटक पनि उक्त साथ कायमै छ । संविधानसभाको पहिलो निर्वाचन २०६४ बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा एमाले अध्यक्ष ओली पराजित भएका छैनन् ।

उनको झापा आगमन र घरदैलो कार्यक्रम बाक्लिएको छ । विसं २०४८ यता ओलीले यो निर्वाचन क्षेत्रमा छुट्टै विरासत कायम गरेका छन् । विसं २०६४ को संविधानसभाको निर्वाचनमा भने उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वदीप लिङ्देनसित पराजित भएका थिए । ओली पाँच पटक लगातार यस क्षेत्रबाट निर्वाचित भइसकेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीका कारण यो क्षेत्र लामो समयदेखि केन्द्रीय राजनीतिको मियोका रूपमा स्थापित भएको छ । त्यसैले ओलीले यसपटक पनि गठबन्धनका उम्मेदवार अधिकारीलाई कमजोर साबित गर्दै आफ्नो बिरासत कायम राख्न निर्वाचन जित्ने दाउमा छन् ।

सिटौला भर्सेस लिङ्देन

यता, झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि यसपटक पनि मुख्य प्रतिस्पर्धीका रुपमा कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङ्देन मैदानमा उत्रेका छन् । सिटौलाले सत्ता गठबन्धनमा नेपाली कांग्रेसबाट र लिङ्देनले विपक्षी गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । यहाँ सिटौला र लिङ्देनबीच यो चौथो भिडन्त हो ।

सिटौला–लिङ्देन तीन पटक आमनेसामने हुँदा सिटौलाले दुई पटक जितेका छन् भने लिङ्देनले एकपटक । सिटौलाले लिङ्देनलाई ०५६ र ०७० को निर्वाचतमा जितेका थिए । ०६४ मा भने लिङ्देन उम्मेदवार नै बनेनन् । तेस्रोपटकको भिडन्तमा भने लिङ्देनले सिटौलालाई पराजित गरेका थिए । ०७४ मा सिटौलाले ३१ हजार १७१ मत प्राप्त गर्दा लिङ्देनले ४४ हजार ६१४ मत प्राप्त गरी चुनाव जितेका थिए ।

तर, ०७४ मा लिङ्देनले बामगठबन्धनको साथ पाएका थिए । यसपटक उनीसँग एमालेको मात्रै साथ छ । अर्को बामघटक माओवादी केन्द्रको साथ सिटौलासँग छ ।

यसपटक गठबन्धनको बलमा लिङ्देनसँग पाँच वर्षअघिको बदला लिने सिटौलाको दाउ छ । तर, लिङ्देन पनि यो पाँच वर्षमा निकै शक्तिशाली बनिसकेका छन् । ०७४ मा उनी पार्टीको महामन्त्रीमात्रै थिए । अहिले उनी पार्टीको अध्यक्ष छन् । स्थानीय तहको निर्वाचन परिणामले हौसिएका लिङ्देन यसपटक आफूले जित्ने मात्रै होइन, राप्रपालाई राष्ट्रिय पार्टी बनाउन जोडबल गरिरहेका छन् ।

शर्मा भर्सेस खरेल

त्यस्तै, झापा क्षेत्र नं १ मा दुई चर्चित अनुहार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री अग्नी खरेल बीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस उम्मेदवार शर्मालाई माओवादी केन्द्रको समर्थन छ भने एमालेका उम्मेदवार खरेललाई राप्रपाले समर्थन गरेको छ ।

कांग्रेसमा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टीको राजनीतिमा आएका महामन्त्री शर्मा कांग्रेसमा प्रवक्ताको जिम्मेवारी निभाइसकेका नेता हुन् । पार्टीभित्र लोकप्रिय छवि बनाएका महामन्त्री शर्मा उनले गत मंसिरमा भएको महाधिवेशनमा दुई ठूला गुटको घेराबन्दीलाई चिरेर महामन्त्री जिते । तर संसदीय राजनीतिमा भने उनले प्रवेश नै पाएका छैनन् ।

०६४ र ०७० मा समानुपातिकबाट संविधानसभा सदस्य र कानुनमन्त्रीसमेत बनिसकेका खरेल पूर्व महान्यायधिवक्ता समेत हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र उनले पटक–पटक अवसर पाएपनि उनका लागि चुनावी प्रतिस्पर्धा भने पहिलो हो ।

स्थानीय तहको परिणाम केलाउँदा झापा–१ मा एमालेको मत गठबन्धन दलको सबै मतभन्दा पनि धेरै छ । जसका कारण खरेल निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । यता ७० मा एमालेकै रविन कोइराला र ०७४ मा बामगठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका कांग्रेस उम्मेदवार शर्मा पनि यसपटक गठबन्धनको बलमा चुनाव जित्ने दाउमा छन् । ०७४ मा बामगठबन्धनका कार्कीले ३६ हजार १७३ मत ल्याएर चुनाव जित्दा शर्माले ३३ हजार ३१० मत पाएका थिए ।

७४ को निर्वाचनमा निल बनेको काँग्रेसलाई यसपटक आफ्नो अस्तित्व जोगाउन पनि नतिजा आफ्नो पक्षमा पार्नैपर्ने हुन्छ । यता आफ्नो दबदबा कायमै राख्न एमालेलाई पनि सबै क्षेत्र जित्नैपर्ने हुन्छ । यद्यपी नतिजा कस्तो आउँछ भन्ने चै मंसिर ४ गते पर्खनै पर्ने हुन्छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ 0८:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट