July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

ओखलढुङ्गामा नमुना गाउँ सभाको अभ्यास

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १२:१२
ओखलढुङ्गामा नमुना गाउँ सभाको अभ्यास

sharethis sharing button

ओखलढुङ्गा । सभाहलको ढोकामा कडा सुरक्षा छ । जनप्रतिनिधि र गाउँसभा सदस्यहरू लामबद्ध छन् । हल प्रवेशका लागि आफ्नो परिचय र पहिचान चाहिन्छ । सबै व्यक्ति सभा हलमा जान पाउँदैनन् । सभा हलभित्र तोकिए अनुसारको आफ्नो स्थानमा बस्नुपर्छ । तोकेको स्थानभन्दा फरक स्थानमा बसे तत्काल मर्यादा पालकले नियममा ल्याउन अग्रसर हुन्छन् ।

अगाडि मञ्चमा पालिका प्रमुख, उपप्रमुख र सचिव प्रमुख प्रशासकीय अधिकृत छन् । मञ्चको अघिल्लो लाइनमा गाउँपालिकाका १ देखि ८ सबै वडाका वडाध्यक्ष  र वडा सदस्यहरू छन् । सभामा गाउँपालिका प्रमुखले आगामी वर्षका लागि युवा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । सभाका सदस्य त्यसलाई सुनिरहेका छन् । यो दृश्य हेर्दा लाग्थ्यो साँच्चिकै यहाँ गाउँपालिकाको सभा चलिरहेको छ । तर, यो दृश्य हो, ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा युवाले सञ्चालन गरेको नमुना युवा संसद् कार्यक्रम अन्तर्गत नमुना गाउँ सभा अभ्यास कार्यक्रमको ।

Laxmi bank

namuna-gausava2

युवाहरूले राजनीतिक नेतृत्वलाई युवाका मुद्दाप्रति सचेत गराउन र युवालाई संसदीय अभ्यासमा लैजान युवा संसद् सञ्चालन गरिएको मोलुङ स्टार युवा क्लबका सचिव एवं कार्यक्रमका प्रशिक्षक गोपाल नेपालले जानकारी दिए । गत वर्ष सो कार्यक्रम मोलुङ गाउँपालिकाले आयोजना गरेको थियो । उक्त कार्यक्रम योपटक भने विगतकै निरन्तरता स्वरूप मोलुङ स्टार युवा क्लवले सञ्चालन गरेको हो ।

उनले गाउँपालिकाका प्रत्येक वडाबाट ३/३ जना, गाउँपालिकाबाट ६ जना र मोलुङ स्टार युवा क्लबको तर्फबाट ८ जना गरेर ३८ जना युवा सहभागी गराइएको बताए ।  चार दिनसम्म उनीहरूलाई संसदीय प्रक्रिया, ज्ञानको बारेमा जानकारी दिई नमुना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ ।

युवाले सञ्चालन गरेको नमुना युवा सांसद अभ्यास मोलुङ गाउँपालिका उपाध्यक्ष उर्मिला खतिवडाले उद्घाटन गरेकी थिइन् भने समापनमा सांसद हर्कबोल राई उपस्थित भएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, पूर्व गाउँपालिका अध्यक्ष, केहि वडाका वडा अध्यक्ष अध्यक्ष, सदस्य, राष्ट्रसेवक कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १२:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट