May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित

फिल्म ‘कर्मा मिट्स किस्मत’मा मेनुकाको गीत

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० १५:५७
फिल्म ‘कर्मा मिट्स किस्मत’मा मेनुकाको गीत

काठमाडौं । गायन रियालिटी शो ‘इण्डियन आइडल १४’मा सहभागी भएकी गायिका मेनुका पौडेलले बलिउड अभिनेता सञ्जय मिश्राको अभिनय रहने फिल्म ‘कर्मा मिट्स किस्मत’मा गाउने भएकी छन् ।
लेखक तथा निर्देशक गीताञ्जली सिन्हाको निर्देशन रहेको फिल्ममा फरीदा जलाल, अलका अमीन, वैष्णवी मेकडोनाल्ड, अम्मान खान र नुपुर शर्माको पनि अभिनय छ ।
फिल्ममा सोनू निगम र साधना सरगमको पनि स्वर रहनेछ । भारतीय समाचार एजेन्सी आइएनएएसले आफ्नो समाचारमा लेखेको छ ।
‘म त्यो माया र आशीर्वादबाट धेरै प्रभावित छु, जसले मेरा लागि यो सुन्दर बाटो प्रशस्त गरेको छ । यो फिल्मको हिस्सा बन्नु एउटा ठूलो आशीर्वाद हो । यो कथामा मलाई गहिराईबाट प्रेरित गरेको छ । यो रोमान्टिक सूफी गीत एक उत्कृष्ट कृति हो, जुन सिधा हृदयमा उत्रन्छ र मलाई यसको शुद्धतम रुपले प्रेमको सम्झना गराउँछ’, मेनुकाले भनेकी छन् ।
‘अरन सर र लेखक–निर्देशक गीताञ्जली दिदीसँग काम गर्नु एक अभूतपूर्व सिक्ने अनुभव थियो । रेकर्डिङ समयको दौरान ममा जोश थियो, जसकारण म बिना कुनै हिचकिचाहट हृदयबाट गाउन पाएँ । म पूर्ण रुपले शुद्ध, बिना शर्त प्रेको भावनामा डुबेको थिएँ’, उनले अगाडि भनेकी छन् ।

लेखक तथा निर्देशक गीताञ्जलीले गायनमा मेनुकालाई लिनुपर्ने कारण बताएकी छन् ।
‘मेनुकाको स्वरमा इमान्दारिता र पवित्रता छ । जसले मलाई चुम्बकको जस्तै उनीतर्फ तान्यो । यो गीतमा सोझो र अटुट दृढ विश्वासको माग थियो, जुन मेनुकाको प्राकृतिक गायन शैलीसँग मेल खान्छ’, उनले भनेकी छन् ।

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।