April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

के तपाई दैनिक ६ घण्टाभन्दा पनि कम सुत्नुहुन्छ ? सावधान हुनुस ‼️

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० 0८:१0
के तपाई दैनिक ६ घण्टाभन्दा पनि कम सुत्नुहुन्छ ? सावधान हुनुस ‼️

काठमाडौं । के तपाई दैनिक ६ घण्टाभन्दा पनि कम सुत्ने गर्नुहुन्छ ? यदि त्यस्तो छ भने त्यो तपाईको स्वास्थ्यका लागि खतरनाक पनि हुनसक्छ । एक रातमा ६ घन्टाभन्दा कम सुत्दा अर्को दिनको लागि व्यक्तिको अल्पकालीन स्मरणशक्ति कमजोर हुन सक्छ ।

२४ घन्टाभन्दा बढी सुत्दा मानिसलाई नशा लाग्न सक्ने अमेरिकी वैज्ञानिक र डाक्टरहरूले निद्राको सन्दर्भमा यस्तो दाबी गरेका छन् ।
युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाको मेडिसिन विभागका निद्रा विशेषज्ञ डा. रिचर्ड क्यास्ट्रियोटाका अनुसार राति ६ घण्टाभन्दा कम सुत्दा मानिसको स्मरणशक्तिमा ह्रास आउने बताएका छन् ।

निद्राको कमीले सबैलाई एकै किसिमले असर गर्दैन, तर यसले मस्तिष्कमा अवश्य असर गर्छ । पेन मेडिसिनकी निद्रा विशेषज्ञ डा इन्दिरा गुरुभगवतुला भन्छिन् निद्रा कम भयो भने हामी साना साना कुराहरू बिर्सन सक्छौं, जस्तै चाबी कहाँ राखिन्छ, चिनेजानेको व्यक्तिको नाम के हो आदि ।

वाशिंगटन स्कूल अफ मेडिसिनका बिहेवियरल न्यूरोलोजिस्ट डा. माइकल रोजेनब्लुमका अनुसार निद्राको कमीले दिमागमा नकारात्मक असर पार्छ र त्यसको असर लामो समयसम्म रहन सक्छ ।
डा. गुरुभागवतुलाका अनुसार एक रातको खराब निन्द्राले हुने क्षतिलाई हटाउन धेरै रात ठोस निद्रा आवश्यक हुन्छ । उमेर बढ्दै जाँदा सुधार हुन अझै समय लाग्न सक्छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० 0८:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट