April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ? गुणस्तरहिन चाउचाउ भेटिएपछि २ लाख जरिवाना आजबाट कक्षा १२ को परिक्षा सुरु आइपिएल : हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित कस्तो रहला आजको मौसम ? गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु

तीन दिन यता विद्युत अवरोध

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:३२
तीन दिन यता विद्युत अवरोध

कालिकोट । कालिकोट जिल्लामा तिन यता बिद्युत् सेवा पुर्ण रुपमा बन्द भएको छ । राष्ट्रिय प्रसारण लाइन दुल्लु यताको लाइन अवरोध हुँदा कालिकोट जिल्ला विद्युत विहीन भएको हो । दैलेख खण्डमा एक पोल ढलेका कारणले तीन दिन यता विद्युत बन्द भएको जनाइएको छ ।

शुक्रबार बिहान पाँच बजेबाट गएको बत्ती अझै आएको छैन । विद्युत वितरण केन्द्र कालिकोटका कुनै पनि फोन मोबाइलमा सम्पर्क हुन नसक्ने अवस्थामा छन् । प्रमुख जिल्ला अधिकारी जोरासिहं माझिले दैलेख खण्डमा पोल लडेका कारणले विद्युत अवरोध भएको भन्ने आफूले जानकारी पाएको बताउनुभयो । उहाँले तत्काल कहाँ कसरी हुन्छ छिटो बनाउन निर्देशन गरेको भए पनि त्यस यताको सूचना पाउन नसकेको जानकारी दिनुभयो ।

विद्युत नहुँदा जिल्लाका सञ्चार माध्य एफ.एम रेडियो बन्द भएका छन् । शुक्रबारको सरकारी सेवामा पनि अवरोध भएको छ । वीचमा शनिबार परेकाले सरकारी कार्यालयको सेवामा खासै असर नपरे पनि आज आइतबारको सेवामा भने प्रभाव पर्ने सरकारी कार्यालयको चिन्ता छ । खाँडा चक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले नगरका कामकाजमा समस्या हुने बताउनुभयो ।

केही फाटका कर्मचारीलाई शनिबार पनि काम गर्न लगाएको भए पनि विद्युत नभएका कारणले भुक्तानी, सम्झौता लगाएका कम्प्युटर मार्फत हुने काम अवरोध भएको प्रमुख शाहीको भनाई छ । कालिकोटमा एक मात्र विद्युत प्रसारणका लागि राष्ट्रिय प्रसारण लाइन भएको र उक्त लाइन अवरोध भएपछि पुरै कालिकोट जुम्ला सम्म विद्युत विहीन हुने गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट