May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा पक्की संरचना

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १२:३९
दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा पक्की संरचना

विराटनगर । पूर्वी सीमा इलामको पशुपतिनगरको दशगजा क्षेत्रमा पर्ने गरी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्की संरचना बनाउन थालेपछि स्थानीय तहले चासो दिएको छ ।

‘टुरिजम गेस्ट हाउस’ बनाउने भन्दै एसएसबीले नेपाल–भारत सीमा क्षेत्रको दशगजामा निर्माणको काम सुरु गरेपछि सूर्योदय नगरपालिकाले चासो दिएको हो ।

पूर्वी नाका पशुपतिनगरमा आज यसबारे सरोकारवालासँग छलफल गर्ने तयारी गरिएको छ ।

सूर्योदय नगरपालिका २ का वडाध्यक्ष डिगबहादुर बमजनका अनुसार पुलखोलाको दशगजा क्षेत्रमा एसएसबीले गेस्ट हाउस बनाउन सुरु गरेको पाइएको छ ।

त्यस क्षेत्रको वडाध्यक्ष बमजनलगायत स्थानीय जनप्रतिनिधि र अन्य निकायका प्रतिनिधिले अवलोकन समेत गरेका थिए ।

वडाध्यक्ष बम्जन, वडासदस्य उपेन्द्रराज पान्डे, पशुपतिनगर सीमा प्रशासन कार्यालयका प्रमुख र पशुपतिनगरस्थित सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) का डिएसपीसहितको टोलीले हिजो साँझ त्यस क्षेत्रको अवलोकन गरेको थियो ।

त्यस क्रममा तत्काललाई संरचना बनाउन रोकेर दुवै पक्षको छलफलपछि मात्र अघि बढ्न एसएसबीलाई आग्रह गरिए पनि बेवास्ता गरिएको बमजनले बताए ।

आज हुने छलफलपछि विस्तृत बुझेर प्रशासन कार्यालय लगायत निकायमा यसबारे जानकारी दिने तयारी भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

पूर्वी सीमामा यसअघि पनि पटक पटक सीमासम्बन्धी विवाद हुँदै आएको छ । भारतीय सुरक्षाकर्मीले कहिले वन डिभिजन कार्यालयको भवन भन्दै अनि कहिले क्याम्प राख्ने भन्दै संरचना बनाउने गरेका छन् ।

नेपाली जनप्रतिनिधि, प्रशासन र सरोकारवालाले त्यस्ता कामको विरोध गर्दै आवाज उठाउने गरेका छन् । त्यही कारण दशगजा क्षेत्र र सीमा मिचेर बनाइएका संरचनाहरु हटाइँदै आएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १२:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट