sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भरतपुर अस्पतालमा मौसमी ‘फ्लू’ का बिरामी बढे

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २, २०८० १६:२९
भरतपुर अस्पतालमा मौसमी ‘फ्लू’ का बिरामी बढे

विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ।

मौसमी ‘फ्लू’का कारण बिरामीको सङ्ख्या बढ्दै गएको हो। अस्पतालका चिकित्सकका अनुसार पछिल्लो समय बहिरङ्ग विभागमा रुघा, खोकी, ज्वरो भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको हो। अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार मौसममा आएको परिवर्तनसँगै भाइरसका कारण लाग्ने इन्फ्लूएन्जाका बिरामीको सङ्ख्या बढेको हो। अहिले दैनिक तीनदेखि चार सय हाराहारी बिरामीलाई हेर्दा त्यसको २० प्रतिशतमा भाइरलको समस्या देखिएको हो।

विगत महिनाको तुलनामा अहिले फ्लूका बिरामीको सङ्ख्या बढिरहेको उनले बताए। फ्लू लागेका बिरामीमा रुघा लाग्ने, टाउको दुख्ने, शरिर दुख्ने खोकी लाग्ने लगायतका लक्ष्यण देखिने गरेको उनले जनाए। फ्लूको शङ्का लागेर रगतको परीक्षण गरेर प्रमाणित गर्ने गरेको उनको भनाइ छ। उनले भने, ‘-यापिट परीक्षण यहीबाट हुने भए पनि अन्य परीक्षण भने राष्ट्रिय प्रयोगशाला पठाउने गरिएको छ।’ मानव शरीरमा इन्फ्लूएन्जा ‘ए’ र ‘बी’ हुने गरेको भन्दै उनले अहिले अत्यधिक मात्रामा इन्फ्लूएन्जा ए बढी देखिएको उनले जनाए। यो भाइसरका कारण हुने भएकाले आराम गर्ने, पानी धेरै खाने, सामान्य सिटामोलको प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

पाँच वर्षभन्दा मुनिका बच्चा र ६० वर्षभन्दामाथिका वृद्धवृद्धामा बढी यो समस्या देखिने उनले जानकारी दिए। ‘मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या भएका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, मिर्गाैला प्रत्यारोपण गरेका बिरामीलाई निमोनिय बनाउने, श्वासप्रश्वासमा समस्या बनाउने जस्ता लक्षण देखिने हुन्छ’, उनी भन्छन्, ‘त्यस्तो अवस्थामा बिरामीलाई भर्ना गरेर औषधि दिनुपर्ने हुनसक्छ।’ तातोपानी, झोलिलो पदार्थ प्रशस्त सेवन गर्ने, आराम गर्ने, चिसोबाट बच्ने, पौष्टिक तत्व सेवन गर्ने लगायतका उपाय अपनाएमा इन्फ्लूएन्जाबाट बच्न सकिने डा पौडेलले बताए। सावधानीका लागि सामाजिक दुरी कायम गर्न सके उत्तम हुने उनले जानकारी दिए। गत वर्षको तुलनामा यस वर्ष इन्फ्लूएन्जाका बिरामीको सङ्ख्या बढेको हुँदा सावधानी अपनाउन उनको सुझाव छ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २, २०८० १६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid