April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

संचारकर्मी तथा सामाजिक अभियान्ता घिमिरे सम्मानित

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २१, २०८० २0:0६
संचारकर्मी तथा सामाजिक अभियान्ता घिमिरे सम्मानित

झापा । संचारकर्मी तथा सामाजिक अभियान्ता खगेन्द्र घिमिरे( खराे) लाई झापामा एक कार्यक्रम का बिच सम्मान गरिएको छ ।

स्व. लिलाकुमार/कौशल्यादेवि श्रेष्ठ स्मृति प्रतिष्ठान झापाले समाजमासामाजिक ,खोज तथा निडर पत्रकारिता गर्दै आउनु भएका साथै कोरोना भाइरस कोभिडको समयमा सामाजीक तथा मानविय सेवामा दिनरात खटिनु भएको भन्दै सम्मान गरिएको हाे ।अनुसन्धान मिडियाका सम्पादक  घिमिरेकाे कार्यको उच्च प्रशंसा गर्दै घिमिरेलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मानित गरिएको थियो ।

झापाको मेचीनगर ९ स्थीत आदर्श विद्या मन्दीर अँग्रेजी माविको १८ औं बार्षिक उत्सव कार्यक्रमका बिच सम्मान गरिएको हाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार रेग्मीको अध्यक्षता तथा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाबीच उत्कृष्ट शिक्षकका रुपमा एनिमा राजबंशीलाई सम्मानित गरिएको थियो । कार्यक्रमकैबीच सम्मानितहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रिन्सीपल लगायतका अतिथिहरुले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममामा मेचीनगरका वडा नं. ९ का वडाअध्यक्ष कञ्चन तामाङ, वडा नं. ११ का रुद्र डाँगी, सामाजिक तथा धार्मिक अभियन्ता भिम निरौला, महिला नेतृहरु रेणुका डाँगी, सिता पोखरेल लगायतले आदर्श विद्या मन्दीरले शिक्षीक गुणस्तर कायम राख्दै संस्कार सिकाउने कुरामा समेत योगदान गरेको बताएका थिए ।

विद्यालयका प्रिन्सीपल कविन्द्र श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रममा खिलु खनाल र विद्यार्थीहरुको समूहले सञ्चालन गरेको थियो । विद्यार्थीहरुले विभिन्न नृत्य, गित, नाटकलगायतका प्रस्तुती दिएका थिए भने कार्यक्रममा अभिभावकहरुको उल्लेख्य उपस्थीति रहेको थियो।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २१, २०८० २0:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट