काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले पाएको मन्त्रालयमा जाने मन्त्रीहरूको नामावली टुंग्याएको छ । रास्वापा सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको हाे ।
सत्ता गठबन्धनको भागवण्डमा रास्वपाले उपप्रधान सहित ४ मन्त्रालय पाउने सहमति भएसँगै रास्वपाले मन्त्रीहरूको नामावली पनि टुंग्याएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
सभापति लामिछाले उपप्रधान तथा गृहमन्त्रालयमा जाने भएका छन् । यस्तै श्रम तथा रोजगार मन्त्रालयमा उपसभापति डीपी आर्यल, युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्रालयमा सुमना श्रेष्ठलाई पठाउने रास्वपाले निर्णय गरेको छ ।