April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

महाशिवरात्रि पर्व व्यवस्थित रुपमा मनाउन सात उपसमिति गठन

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० १२:0५
महाशिवरात्रि पर्व व्यवस्थित रुपमा मनाउन सात उपसमिति गठन

काठमाडौँ — यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात वटा उपसमिति गठन गरी कार्य विभाजनसमेत गरेको छ ।

कोषले बुधबार पत्रकार सम्मेलन गरेर महाशिवरात्रिका लागि गठित उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, दर्शन मार्ग, पार्किङ तथा ट्राफिक व्यवस्थापन, साधुसन्तको सेवा एवं धार्मिक कार्यक्रम, सजावट तथा मेला बजारलाई निर्वाध सञ्चालन गर्ने जनाएको छ ।

यसैगरी महाशिवरात्रिका दिन राति २ बजेदेखि पशुपतिनाथ मन्दिरका चारैवटै ढोका खोली भक्तजनलाई सहज दर्शनका गराइने कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए। यस वर्षको महाशिरात्रिमा कम्तिमा २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको जानकारी दिनुभयो । पशुपति क्षेत्रमा गाजा, भाङ, मदिरा तथा मासु पूर्णरुपमा निषेध गरिएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार महाशिवरात्रिका दिन पशुपति आउने भक्तजनका लागि एम्बुलेन्स सेवा, करिब छ सय सवयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन गरिनेछ ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट