June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
गर्मी बढेपछी चिसो पानीमा रमाउदै जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो नेपाल न्यूयोर्कमा १ सय ४५ मतले सदस्यमा निर्वाचित भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान सदनमा यी कुराहरु ध्यान दिनै पर्ने ‘जाहेरी दर्ता गर्ने बाहेक प्रहरीले १६ वर्षसम्म केही गरेन’

रास्वपाको शक्ति देखेर कांग्रेसमा भय उत्पन्न

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १२:५४
रास्वपाको शक्ति देखेर कांग्रेसमा भय उत्पन्न

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आफ्नो दलका मतदाता दुई प्रकृतिका रहेको विश्लेषण गर्छन् ।

पहिलो, पार्टीका विभिन्न संरचनामा संगठित सदस्य । कांग्रेसलाई मत दिने दोस्रो प्रकृतिका मतदाता बारे उनी भन्छन्, ‘जो कांग्रेसमा संगठित छैनन् तर, आफूलाई ‘डेमोक्रयाट’ भन्न रुचाउँछन्, उनीहरूको मत जोगाउनु हाम्रा लागि चुनौती हो ।’

पहिलो प्रकृतिका मतदाताले स्वाभाविक रूपमा कांग्रेसलाई मत खसाउँछन् । तर, कांग्रेसले प्राप्त गरेको पछिल्लो दुई निर्वाचनको परिणाम हेर्दा उसले दोस्रो प्रकृतिका मतदाता बचाउन सकेको छैन ।

पछिल्ला दुई महाधिवेशनको तुलना गर्दा कांग्रेसको क्रियाशील सदस्यताको संख्या झण्डै दोब्बर बढेको छ । यसरी सक्रिय कार्यकर्ताको संख्या बढे पनि उसको मत भने घट्दो छ । क्रियाशील सदस्य वृद्धि हुँदा समानुपातिकको मत घटेको तथ्यांकले देखाउँछ ।
१३ औं महाधिवेशनमा क्रियाशील सदस्यता संख्या ४ लाख ७० हजार थियो । २०७४ सालमा भएको निर्वाचनमा कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत समानुपातिकतर्फ पाएको थियो ।

जबकि १४ औं महाधिवेशनमा आइपुग्दा क्रियाशील सदस्य संख्यामा उल्लेख्य वृद्धि भयो । पार्टी सदस्यको संख्या थप्न सकेको कांग्रेसले समानुपातिकतर्फ मत भने बढाउन सकेन । १४ औं महाधिवेशनका लागि आठ लाख ५२ हजार ७१२ जना क्रियाशील सदस्यता हुँदा नयाँ चार लाख ४३ हजार ६७८ जना थपिएका थिए ।

क्रियाशील सदस्यको तीव्र वृद्धि हुँदा गत निर्वाचनमा समानुपातिकतर्फ भने उसले २७ लाख १५ हजार २२५ मत मात्रै प्राप्त गरेको थियो । पाँच वर्षको अन्तरमा क्रियाशील सदस्यता सङ्ख्या बढ्दा उसको लोकप्रिय मत भने घटेको छ । २०७४ सालमा भन्दा २०७९ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले चार लाख १३ हजार १६४ कम मत पाएको छ ।

त्यसो त कांग्रेसले प्रत्यक्षमा पनि आफ्नो मत बचाउन सकेको छैन । तनहुँ–१ को उपनिर्वाचनको मतपरिणाम विश्लेषण गर्दा कांग्रेसले प्रत्यक्षतर्फको मत पनि जोगाउन सकेन । ६ महिनाको अवधिमा आफ्नो पकड भनेकै क्षेत्र कांग्रेसले उल्लेख्य मत गुमायो ।

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।