May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

“मन्त्री फेरेर काम हुँदैन, उनीहरूबाट नै काम लिनुपर्‍यो,” : शशांक

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १६:२५
“मन्त्री फेरेर काम हुँदैन, उनीहरूबाट नै काम लिनुपर्‍यो,” :  शशांक
  • मन्त्री फेरेर काम हुने हैन 
  • मन्त्रीहरूले काम गर्न नसकेको ठहर
  • समयमा नीति तय गरेर नीतिअनुसार काम गर्नुपर्‍यो

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले मन्त्री फेरेर काम नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकबाट बिहीबार निस्कने क्रममा उनले व्यक्ति परिवर्तन गरेर काम नहुने बताए । “मान्छे परिवर्तन गरेर हुँदैन । उनीहरूबाट नै काम लिनुपर्‍यो,” कोइरालाले भने । मन्त्रीहरूले काम गर्न नसकेको उनको ठहर छ ।

किन गर्न सकेका छैनन्, उनीहरूलाई के अप्ठ्यारो छ भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ । “काम त राम्रो भएको छैन, मान्छे परिवर्तन गरेर काम हुन्छ भन्ने के छ ? मान्छेले पहिले सोच्नुपर्‍यो- मन्त्री भएपछि के काम गर्ने ? समयमा नीति तय गरेर नीतिअनुसार काम गर्नुपर्‍यो,” उनले भने । तपाईं मन्त्री नबन्ने ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले प्रतिप्रश्न गरे, “मन्त्री किन बन्नुपर्‍यो ?”

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।