भक्तपुर । भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ – १५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरु भक्तपुरको चाँगुनारायण नगरपालिका-३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए ।