May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ

प्रचण्डले दिएको धोकाको जवाफ दिइन्छ : उपसभापति खड्का

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २७, २०८० १५:४४
प्रचण्डले दिएको धोकाको जवाफ दिइन्छ : उपसभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदातालाई धोका दिएको बताएका छन्।

आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले प्रचण्डले निर्वाचनका बेला जनतासँग गरेका बचन विपरीत गठबन्धन फेर्ने काम गरेको बताए।

‘यसपटक नेपाली कांग्रेसलाई मात्र होइन, निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक रूपमा ठुलो धोका भएको छ,’ उनले भने, ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले दिनेछ।’

उपसभापति खड्काले तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका बाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए। ‘कांग्रेससँगको गठबन्धन तोड्नुको कारण राजनीतिक दृष्ट्रिकोणले प्रचण्डले आफ्ना धारणा राख्नुहोला,’ उनले भने, ‘तर, तीन तहका सरकार बनाउँदा निर्वाचनका बेला जनतासँग गरेका बाचाको जवाफ उहाँले दिनुपर्छ।’

संविधानको रक्षाका लागि विचार मिल्ने राजनीतिक शक्तिहरू प्रतिगमनका विरुद्ध मिलेर तीनै तहको निर्वाचनमा जनतासँग मत मागिएको उनको भनाइ थियो । ‘संविधानलाई सही दिशामा ल्याउनका लागि पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रतिगमनका विरुद्धमा विचार मिल्ने पार्टीहरूको सडक आन्दोलन र संवैधानिक सङ्घर्षमार्फत संसद्लाई पुनर्स्थापित गर्दै ती उद्देश्यमा सहमत भएका दलबिच राजनीतिक गठबन्धन गरिएको थियो,’ उनले भने।

यस्तै खड्काले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले जनताको शीर नझुक्ने गरेर काम गरेको बताए। ‘११ महिना हामी सरकारमा रहँदा मुलुक र पार्टीको अहित हुने गरेर कुनै पनि काम गरेका छैनौँ,’ उनले भने, ‘बाँकी कुराहरू समय क्रममा राख्दै जाउँला।’

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २७, २०८० १५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।