May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

एसिसी प्रिमियर कप आजदेखि, नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३०, २०८० 0९:0८
एसिसी प्रिमियर कप आजदेखि, नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

आज (शुक्रबार)देखि एसिसी प्रिमियर कपको सुरुवात हुँदैछ। ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी- २० एसिया कपमा खेल्न पाउने छ। भने, शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।

एसिसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसिसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन्। जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन्। भने, एसिसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन्।

प्रिमियर कपमा नेपाल समूह (ए) मा रहेको छ। समूह (ए)मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन्।

त्यस्तै समूह (बि)मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन्।

नेपालले आफ्नो पहिलो खेल आज (अप्रिल १२)मा मलेसियासँग खेल्दैछ। भने, दोस्रो खेल अप्रिल १३ (शनिबार) कतारसँग खेल्ने छ। त्यस्तै तेस्रो खेल अप्रिल १५ (सोमबार) हङकङसँग खेल्ने छ। चौथो तथा अन्तिम खेल अप्रिल १७ (बुधबार) साउदी अरेबियासँग खेल्नेछ। नेपालले खेल्ने सबै खेल नेपाली समयअनुसार अपराहन्न ४: १५ बजेदखि सुरु हुने छन्।

समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन्। त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ। जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र विवेक यादव रेहका छन्।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३०, २०८० 0९:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।