May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

लागुऔषध विरुद्धको कार्यक्रमस्थलमै रक्सीको बोतल भेटिएपछि हंगामा

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १७:0८
लागुऔषध विरुद्धको कार्यक्रमस्थलमै रक्सीको बोतल भेटिएपछि हंगामा

मेचीनगर । झापाको काँकरभिट्टामा बुधबार आयोजना गरिएको लागुऔषध विरुद्धको कार्यक्रम स्थलमै रक्सीको बोतल भेटिएपछि हंगामा भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा र मेची सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा काँकरभिट्टा खानेपानी सभाहलमा कार्यक्रम राखिएको थियो । कार्यक्रम हलको कुर्सीमै बियरका दर्जनौं बोलत छरपस्ट थिए । कार्यक्रममा आयोजक समितिले लागु पदार्थ दुव्र्यसनी रोक्न सरोकारवाला लाग्नु पर्ने बताइरहेका थिए ।

तर, हलभित्रै रक्सीको बोतल सञ्चारकर्मीले भेटेर देखाएपछि आयोजकको आलोचना भएको छ । सञ्चारकर्मी खगेन्द्र घिमिरेले कार्यक्रम स्थलमै रक्सीको बोतल भेटिनुले अभियानको खिल्ली उडाएको बताए । त्यसपछि आयोजकले व्यवस्थापनमा कमजोरी भएको भन्दै आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने वचन दिएको छ ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १७:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।