हाल प्रदेश नं २ एमालेमय भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरे सगै प्रदेश एमालेमय भएको हो । सोमबार मुख्यमन्त्रि यादवले नेपाली कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरी नेकपा एमालेलाई सरकारमा सामेल गराएका हुन् । मधेसमा कांग्रेसका तीन मन्त्री थिए । एमालेबाट संसदीय दलका नेता समेत रहेका सरोज यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।
एमालेले पहिलो चरणमा यादवलाई मात्रै सरकारमा पठाएको छ ।