April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

आजदेखि काठमाडौंका सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राखिँदै

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० 0९:५५
आजदेखि काठमाडौंका सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राखिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राख्ने भएको छ ।

दक्षिणकाली नगरपालिका वडा नम्बर ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा काठमाडौंका सडकमा भेटिएका गाईबाच्छालाई आजदेखि राखिने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिए ।

सडकमा छाडिएका चौपायाले खान नपाएको, तिर्खा लागेका बेला पानीसमेत नपाएको, बिरामी पर्दा उपचार नपाएको र सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै रहने भएकाले यस्ता जोखिमबाट जोगाउन काञ्जी हाउसमा लैजान लागिएको मेयर शाहले जनाएका छन् ।

फेसबुकमार्फत जानकारी दिँदै उनले भनेका छन्, ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि दुई जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायतको सुविधा प्रबन्ध गर्दैछौँ ।’

आजदेखि महानगरका चारवटै क्षेत्रबाट सडकमा भएका गाईबाच्छा संकलन गरेर टेकु लगिँदैछ । संकलित गाईबाच्छालाई सुविधाजनक ढुवानी व्यवस्था गरेर काञ्जी हाउस लगिने महानगरले जनाएको छ ।

दक्षिणकालीको कोपुगाउँमा काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौं महानगरपालिका र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको थियो ।

यसअघि पनि छाडा चौपाया व्यवस्थापन गर्न महानगरपालिकाले विभिन्न प्रयास गर्दै आएको थियो । यसमध्ये चौपाया लिलामी एउटा विधि थियो । सडकमा भएका चौपाया जम्मा गरेर आर्थिक बर्ष २०५७/०५८ एक वर्षमा १६० गाईबाच्छा लिलामी गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७०/२०७१ मा ३८८ वटा चौपाया लिलामी गरियो । लिलामी गर्न पुग्ने संख्या बनाउन त्यसबेला टेकु ट्रान्सफर स्टेसन नजिक काञ्जी हाउस सञ्चालन गरिएको थियो । लिलाम गरिएका चौपाया कहाँ लगिन्छन् ? उनीहरु सुरक्षित रहन्छन् त ? भन्ने प्रश्न आएपछि महानगरपालिकाले लिलाम गर्ने प्रक्रिया रोकेको थियो ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० 0९:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।