प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न कारणले जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई जग्गाधनी प्रमाणपत्र वितरण तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताएका छन्।
प्रतिनिधिसभाका जवाफ दिँदै उनले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको बडा नम्बर ७ र ८ का जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै उनले जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न निर्देशन दिइसकेको बताएका हुन।
उनले भनेका छन , ‘त्यस क्षेत्रमा २०३२र३३ सालतिर नापी हुँदा फिल्डबुकमा ९० प्रतिशतसम्म दर्ता भैसक्दा पनि सिमाना विवादलगायत कारणले स्थानीयबाट विरोध हुँदा प्रमाणपत्र दिने काम हुन सकेको थिएन। पछिल्लो समयमा यातायात पूर्वाधार निर्माण, अनौपचारिक रूपमा जग्गाको स्वामित्व हस्तान्तरणलगायत कारणले साविकमा नापजाँच हुँदा र अहिलेको अवस्थामा फरक हुन आएको कारण दर्तामा समस्या देखिएको रहेछ।’