सालिन पोखरेल आत्महत्या घटनामा पक्राउ परेका विद्यालय प्रधानाध्यापकसहित तीन जना धरौटीमा छुटेका छन्।
मङ्गलवारको थुनछेक बहसपछि चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। चितवनको रत्ननगरको शिशु निकेतनको छात्रावासमा बस्दै आएकी पोखरेल होस्टलको कोठामा मृत फेला परेपछि परिवारका सदस्यले पहिला बलात्कारपछि हत्याको दाबी गर्दै जाहेरी दिएका थिए। पोस्टमार्टम रिपोर्टमा ती दुवै दाबी देखिएन।
मङ्गलवारको आदेशसँगै प्रधानाध्यापक बालहरि देवकोटा तीन लाख र सह प्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा ५/५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन।