May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

भारतको नयाँ दिल्लीमा आगलागी, सात जनाको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० 0८:४८
भारतको नयाँ दिल्लीमा आगलागी, सात जनाको मृत्यु

नयाँ दिल्ली । बिहीबार भारतको नयाँ दिल्लीको अलिपुरमा रहेको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । आगलागीबाट नजिकैका पसल र घर जलेर ध्वस्त भएका छन् ।

धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट पनि देखिन्थ्यो । करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि खोजी अभियानमा सात जनाको शव निकालिएको थियो । भित्र फसेका बाँकी व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ ।

आगो लागेपछि नजिकैका मानिसहरू भागेर ज्यान बचाउन पुगेका थिए । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

बिहीबार साँझ करिब ५ः३० बजे अलिपुरको एच ब्लक दयाल मार्केटमा रहेको केमिकल गोदाममा आगलागी भएको जानकारी प्रहरी र दमकल विभागलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन्। घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेका २२ वटा दमकलको सहयोगमा तीन घण्टाभित्र आगो नियन्त्रणमा लिएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० 0८:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।