मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुर्गाबहादुर पौडेल भनिने व्यक्तिले महिलालाई बिहे गरेर भारतमा लगि बेच्नेको पाइएको हो ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नवलपरासीको कावासोती नगरपालिका ८ घर भई पोखरा बस्दै आएका ३६ वर्षीय दुर्गाबहादुर पौडेललाई मंगलबार पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेकी एक युवतीसँग पौडेलको बसमा चिनजान भएको थियो । सो क्रममा युवतीले आफ्नी बहिनी मृगौला रोगी रहेको बताएकी थिइन् । पौडेलले आफूले उपचारमा सहयोग गर्ने बताएर विश्वासमा पारेका थिए । मृगौलाको डाक्टर चिनेको र उपचारका लागि आफूले ७० लाख रुपैयाँ सहयोग जुटाइदिएको भन्दै युवतीसँग बिवाह गरेको पाइएको मानव बेचबिखन ब्यूरोले जनाएको छ ।
भारतीय सीमा क्षेत्रमा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले युवतीको उद्दार गरेको पाइएको छ ।