October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

महिलाहरु चुलो चौकामा मात्रै बस्नुपर्छ भन्ने युगको अन्त्य भैसक्यो : मन्त्री भुसाल

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १६:५३
महिलाहरु चुलो चौकामा मात्रै बस्नुपर्छ भन्ने युगको अन्त्य भैसक्यो :  मन्त्री भुसाल

मकवानपुर। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले मानव स्वास्थ सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिवद्ध रहेको बताएका छन्। आइतबार काठमाडौंमा भएको महिला पाराभेटेनरीयनहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन्। उनले अहिलेसम्म सरकारले मानव स्वास्थ्य सेवा क्षेत्रमा मात्रै महत्व दिएको भन्दै अब सरकारले पशु स्वास्थ्य सेवाको क्षेत्रमा पनि महत्व दिने बताए । उनले भने, ‘हामीले मानव स्वास्थ्यको बारेमा धेरै ख्याल गर्छौं।

धेरै अस्पतालहरु समेत खोलेका छौं। तर पशुस्वास्थ्यलाई सरकारले नै उपेक्षा गरेका छौं भन्ने लाग्छ । पशु स्वास्थ्य मानवसँग अभिन्न रुपले जोडिएको छ भन्ने कुरा बिर्सेर यसो गरिरहेका छौं। हामीले त्यो बुझाउन आवश्यक छ। पशु स्वास्थ्यलाई सरकारले जति महत्व दिएरहेका छैनौं। अब सरकारले पनि महत्व दिनुपर्छ।’

उनले पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा रहेको भन्दै पशु स्वास्थ्य मानवसँग अभिन्न रुपले जोडिएको विषय बुझ्न नसकिएको बताए । मन्त्री भुसालले सरकारले अहिलेसम्म पशु स्वास्थ्यको क्षेत्रमा महत्व नदिएको स्वीकार गरे। उनले भने, ‘पशु स्वास्थ्य सेवाको क्षेत्रलाई पनि मानव स्वास्थ्य सेवाको क्षेत्रमा जस्तै महत्वका साथ अगाडि बढाउनु पर्छ ।

त्यसका लागि धेरै काम भएपनि अहिलेदेखि थालनी गर्नुपर्छ ।’उनले अब सरकारले पशु स्वास्थ्य क्षेत्रका भएका कानून परिमार्जन र नयाँ कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने बताए ।

‘अहिले भइरहेका ऐनको परिमार्जनको विषयमा कुरा उठेका छन् भने सरकारले कतिपय नयाँ ऐनहरु पनि बनाउनु पर्नेछ । बनेका ऐनहरुको नियमावलीहरु नबन्ने नकारात्मक प्रवृतिहरु छन् । तीनीहरुलाई हटाउँदै लैजानुपर्छ।’ मन्त्री भुसालले भेटेनरी क्षेत्रमा देशैभर महिलाहरु सक्रिय सहभागिता देख्दा खुशी लागेको बताए । उनले समाज रुपान्तरणको क्षेत्रमा महिलाले नेतृत्व लिन आवश्यक रहेको भन्दै अब महिलाहरु हेपिए भनेर बस्न नहुने बताए।

उनले भने, ‘अब महिलाहरुलाई हेप्छन भन्ने जमाना गए । तपाईहरुले पनि महिलालाई हेप्छन् भन्न छोड्नुहोस् । अब पनि महिलाहरुलाई चुलो चौकामा मात्रै सिमित गरिन्छ भनेर किन भन्ने।’ उनले महिलाहरु चुलो चौकामा मात्रै बस्नुपर्छ भन्ने युगको अन्त्य भएको पनि बताए। ‘महिलाहरु देशभर यसरी सक्रिय भएर लाग्नु भएको छ। अब महिलाहरु समाजलाई कसरी अगाडि बढाउने भन्ने हिसाबले अगाडि बढ्न आवश्यक छ।’ उनले भने ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १६:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्